Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ बैशाख २२ बुधबार १०:००:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल सुपर लिग : बुटवलको अपराजित यात्रा रोकियो

Read Time : > 1 मिनेट
२०७८ बैशाख २२ बुधबार १०:००:००

आजको खेल
धनगढी एफसीविरुद्ध पोखरा थन्डर्स 
समयः ५:३० बजे (दशरथ रंगशाला)


नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसीको अपराजित यात्रा टुंगिएको छ । प्रतियोगिताको एक मात्र अपराजित टोली बुटबल लुम्बिनी मंगलबार भएको खेलमा काठमाडौं रेजर्ससँग १–० गोलअन्तरले पराजित भएको हो । 

यो पराजयसँगै एनएसएल अंक तालिकाको शीर्ष स्थानमा उक्लने बुटवल लुम्बिनीको सम्भावना पनि खेर गएको छ । काठमाडौं भने बुटवल लुम्बिनीलाई पराजित गर्दै शीर्ष स्थानको होडमा बालियो रूपमा प्रस्तुत भएको छ । मंगलबारको जितपछि काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । काठमाडौंले शीर्ष स्थानको विराटनगर सिटी एफसी र दोस्रो स्थानको धनगढी एफसीसँग समान सात अंक पुर्‍याएको छ । गोलअन्तरमा पछि परेपछि मात्रै काठमाडौं विराटनगर र धनगढीभन्दा पछि तेस्रो स्थानमा रहेको हो । यससँगै प्रतियोगितामा चौथो चरणको खेल सकिएको छ । 

प्रतियोगितामा अब अन्तिम दुई चरणको लिग खेल हुनेछन् । त्यसपछि अंक तालिकाको शीर्ष दुई स्थानमा रहेका टोलीहरू पहिलो क्वालिफायर खेलमा प्रतिस्पर्धा गर्नेछन् । पहिलो क्वालिफायर खेलको विजेता टोली सीधै फाइनलमा पुग्नेछ । 

यस्तै, तेस्रो र चौथो स्थानमा रहने दुई टोलीले दोस्रो क्वालिफायर खेलमा प्रतिस्पर्धा गर्नेछन् । दोस्रो क्वालिफायरको विजेता टोलीले पहिलो क्वालिफायर खेलको पराजित टोलीसँग इलिमिनेटरमा खेल्नेछ । इलिमिनेटरको विजेता टोली फाइनलमा पुग्नेछ र उपाधिका लागि पहिलो क्वालिफायर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल १ जेठमा हुनेछ । 

पेनाल्टीसँगै चुक्यो बुटवलको अवसर 
बुटवल लुम्बिनीविरुद्धको यो खेल काठमाडौंका लागि निकै महत्वपूर्ण थियो । प्रतियोगिताको शीर्ष चारभित्र रहँदै उपाधिको आशा जीवित राख्नका लागि काठमाडौंलाई यो खेलमा कुनै पनि अवस्थामा जित आवश्यक थियो । 

खेलमा काठमाडौंको योजना पनि जितकै थियो । त्यही योजनाअनुसार काठमाडौंले सुरुवातबाटै सशक्त प्रदर्शन गर्‍यो । फलस्वरूप टोलीले खेलको पाँचाैँ मिनेटमै अग्रता बनायो । तेज तामाङले आफ्नो क्षेत्रबाट प्रहार गरेको बललाई बुटवलको डी बक्स क्षेत्रमा रोकेर काठमाडौंका अफ्रिकी खेलाडी स्टेफेन बिनोङले गोल गरेका थिए । उक्त गोलमा बुटवलका गोलरक्षक विशाल श्रेष्ठको केही कमजोरी देखियो । बल नियन्त्रणमा लिन अघि बढिसकेका उनी फेरि केही समय रोकिएका थिए । सोहीकारण बिनोङले बललाई सहज प्रहार गर्न पाए । 

अन्तत उनको त्यही गोल काठमाडौंलाई महत्वपूर्ण तीन अंक दिलाउन निर्णायक बन्यो । त्यसलगत्तै बुटवल लुम्बिनीले पेनाल्टी अवसर पाएको थियो । काठमाडौंका विश्वास श्रेष्ठले सुमन लामालाई आफ्नो डी बक्सभित्र लडाएपछि बुटवल लुम्बिनीले पेनाल्टी अवसर पाएको थियो ।