Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
सागर रिजाल
२०७५ फाल्गुण ५ आइतबार ११:५५:००
Read Time : < 1 मिनेट
प्रदेश

बिप्लव माओवादीद्वारा प्यूठानमा यातायात बन्द  

Read Time : < 1 मिनेट
सागर रिजाल
२०७५ फाल्गुण ५ आइतबार ११:५५:००

नेपाल कम्युनिस्ट पार्टी (बिप्लव) माओवादीले आइतबार प्यूठान जिल्लामा यातायात बन्दको आह्वान गरेको छ  । नेकपा (बिप्लव) माओवादीका जिल्ला सेक्रेटरी अजयले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै ओली सरकारको धरपकड, गिरफ्तारी र दमनबिरुद्ध प्यूठानमा यातायात बन्द आह्वान गरिएको उल्लेख छ ।

सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेका आफ्ना नेता कार्यकर्तालाई बिनाकारण गिरफ्तार गरिएको भन्दै उनले फागुन ५ गते प्यूठान जिल्लामा बन्दको आह्वान गरिएको जानकारी दिए । नेकपाले गिरफ्तार गरिएका आफ्ना नेताकार्यकर्ता रिहा नगरिए अनिश्चितकालिन बन्दको घोषणा गर्ने चेतावनी समेत दिएको छ । 

गत फागुन २ गते प्यूठानको माण्डबी गाउँपालिका-३ जसपुर नयाँगाउँबाट नेकपाका जिल्ला सदस्य तथा युवा संगठन नेपाल प्यूठानका जिल्ला अध्यक्ष बामबहादुर बुढा मगरलाई स्वर्गद्वारी नगरपालिकाका मेयर नेत्रबहादुर रोकायलाई कालो मोसो दल्ने अभियोगमा प्रहरीले गिरफ्तार गरेको थियो ।

अहिले उनलाई जिल्ला प्रहरी कार्यालय प्यूठानमा अनुसन्धानको राखिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले बताए। बन्दको कारण जिल्लामा लामो तथा छोटो दुरीका यातायातका साधन चलेका छैनन् । त्यस्तै बन्दले शुक्रबार देखि संचालन भएको प्यूठान महोत्सवलाई प्रत्यक्ष प्रभावित भएको छ ।