मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ५ आइतबार ११:५९:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

फेसियलपछि के नगर्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ५ आइतबार ११:५९:००

फेसियलले अनुहार चम्काउँछ । यसर्थ, विशेषगरी सहरी क्षेत्रका लागि बेहुला–बेहुली सिँगार्ने सजिलो र अनिवार्य माध्यम बनेको छ, यो । त्यसो त सामान्य अवस्थामा पनि फेसियल गरिन्छ । अनुहारमा त्यति धेरै मेकअप गर्न नरुचाउनेहरू पनि फेसियल भने गरिरहेका हुन्छन् । किनकि, यसले आकर्षक देखाउन मद्दत पु-याइरहेको हुन्छ । तर, कहिलेकाहीँ स–साना गल्तीले पनि अनुहारमा नकारात्मक असर पु-याउने गर्छ । सचेत नभएको खण्डमा फेसियलले अनुहार कुरूप बनाउन पनि सक्छ । त्यसैले, फेसियलपछि यस्ता गतिविधि नगर्दा उपयुक्त हुन्छ : 

- फेसियलले अनुहारको छालालाई सफ्ट बनाउँछ । यसर्थ, फेसियलपछि तत्काल घाममा बस्नु या हिँड्नुहुँदैन । फेसियल गरेर घाममा बस्दा छालासम्बन्धी समस्या आउन सक्छ ।
- सकभर फेसियलपछि चिया, कफी पिउनुहुँदैन । यसरी पिउँदा अनुहारको रक्तसञ्चारमा बाधा उत्पन्न हुन्छ । जसले गर्दा फेसियलले राम्रोसँग प्रभाव जमाउन सक्दैन । दुई घन्टाको अवधिपछि चाहिँ पिउँदा हुन्छ ।
- फेसियलपछि स्क्रब गर्दा पनि छालामा समस्या उत्पन्न हुन थाल्छ । जति नै आवश्यकताको महसुस भए पनि फेसियलपछि यस्तो गर्नुहुँदैन । बरु यसका लागि माइल्ड फेसवास प्रयोग गर्न सक्नुहुन्छ ।
- फेसियल गरेको केही समयमै घाँटी र अनुहार पानीले सफा गर्नु पनि राम्रो होइन । यसको विकल्पमा गुलाबजलको सहायताले हल्कासँग सफा गर्न सकिन्छ । साबुनपानीले सफा गर्दा अनुहारमा चमक नदेखिने हुन सक्छ ।
- फेसियलपछि तत्काल थ्रेडिङ वा अपर लिप गर्नबाट पनि बच्नुपर्छ । अनुहारको छाला यति संवेदनशील हुन्छ कि यस्तो समय थ्रेडिङ गर्दा स्थायी रूपमै दागसमेत बस्न सक्छ । 
- गर्भवती हुनुहुन्छ भने फेसियलपूर्व आफ्नो अवस्थाबारे पार्लरमा बताउनुपर्छ । ताकि, तपाईंको सुविधा र अवस्थाअनुसार ब्युटिसियनले ट्रिटमेन्ट गरून् ।