Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २१ मंगलबार ०९:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अब सातै प्रदेशमा एमालेले सिफारिस गरेका प्रदेश प्रमुख, गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादव नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २१ मंगलबार ०९:१८:००

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख हेरफेर गरेकी छिन् । यससँगै सातवटै प्रदेशमा एमालेकै तर्फबाट प्रदेश प्रमुख बनेका छन् । 

मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले गण्डकीमा चितवनकी सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा पूर्वउपसभामुख गंगाप्रसाद यादवलाई प्रमुखमा नियुक्त गरेकी हुन् ।

दुवैले राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति भण्डारीबाट सोमबारै शपथ लिएका छन् । नियुक्तिअघि प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दुई प्रदेश प्रमुख हेरफेरका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

चितवनकी पौडेल अनेमसंघकी पूर्वमहासचिव हुन् भने पूर्वउपसभामुख यादव ०७४ मा राप्रपाबाट एमाले प्रवेश गरेका थिए । गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला त्रिपाठी प्रदेश प्रमुख थिए । उनीहरू दुवैले माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्दै आएका थिए ।

यसअघि ८ फागुनमा २ नम्बर प्रदेश प्रमुख तिलक परियारलाई हटाएर राष्ट्रपति भण्डारीले डा. राजेश अहिराजलाई नियुक्त गरेका थिए । माओवादी केन्द्रबाट सिफारिस भएका अब कोही पनि प्रदेश प्रमुख छैनन् ।