Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १९ आइतबार ०६:३८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिलले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १९ आइतबार ०६:३८:००

नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेसन (प्राप्ति) गर्ने भएको छ । नबिल बैंकले १००:३५ स्वाप रेसियोमा युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न लागेको हो ।बैंकका मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनीषकुमार खेमकाले प्राप्तिका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको जनाइएको छ ।

प्राप्तिपछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलकै नाममा हुने र सञ्चालक समिति पनि नबिल बैंककै रहने गरी सम्झौता भएको जनाइएको छ । सम्झौतापश्चात् प्राप्तिका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाइने स्वीकृति पाएपछि यथाशीघ्र संयुक्त कारोबार सुरु गर्ने बैंकले जनाएको छ ।

प्राप्तिपछि नबिल बैंकका शाखा संख्या १ सय ४७ पुग्ने जनाइएको छ । बैंकको काठमाडौं उपत्यकाभित्र मात्र शाखा ३७ वटा पुग्ने जनाइएको छ । त्यस्तै, देशभरमा एटिएम १ सय ९० वटा पुग्ने जनाइएको छ । प्राप्तिपछि चैत मसान्तको विवरणअनुसार निक्षेपको आकार २ खर्ब १६ अर्ब र कर्जा २ खर्ब १ अर्ब रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।