मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १८ शनिबार १८:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले वरिष्ठ नेता खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पतालमा भर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १८ शनिबार १८:४०:००

एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण भएको छ । अस्वस्थ भएपछि गरिएको पिसिआर परीक्षणमा खनाललाई कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाको सामान्य लक्षण देखापरेपछि खनाल नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा भर्ना भएका छन् । खनालको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।