मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ बैशाख १८ शनिबार १२:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इन्जिनियरिङ कलेजमा एक सय बेडको आइसोलेसन वार्ड तयार  

Read Time : < 1 मिनेट
२०७८ बैशाख १८ शनिबार १२:१७:००

कोभिड बिरामीको उपचारका लागि नेपाल सरकारले नेपाल इन्जिनियरिङ कलेज(नेक) भक्तपुरमा एक सयवटा बेडको आइसोलेसन वार्ड तयार पारेको छ । अहिले त्यहाँं बिरामी राख्न तयारी अवस्थामा पुगेको छ । 

नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठले कलेजले त्यसका लागि ठाउँं मात्रै उपलब्ध गराएको जनाए । कलेको ठूलो कार्यक्रम हल त्यसका लागि उपलब्ध गराएको जानकारी उनले गराए । वार्डका लागि बाँंकी सबै काम नेपाल सरकारले नै गरेको उनले स्पष्ट पारे । 

बेड र त्यसका लागि आवश्यक सम्पूर्ण सामग्री जस्तै प्रत्येक बेडका लागि चाहिने ओढ्ने, ओछ्याउने, तकिया, तन्ना, साबुन, रुमाल, टुथपेस्टलगायतका सम्पूर्ण सामानको एक सय सेट सरकारले नै व्यवस्था गरिदिएको उनले जनाए । साथै बेड राख्ने सम्पूर्ण काम पनि सरकारले नै गरेको उनले जनाए । शनिबार बिहानसम्म त्यहाँं बिरामी भने पुगेका छैनन् । तर, बिरामी ल्याउनका लागि सोधपुछको काम भने सुरु भएको जनाइएको छ । 

यसअघि पनि पहिलो चरणको कोरोनाका वेला त्यहाँं बेड विस्तार गरिएको थियो । तर, त्यतिवेलासम्म संक्रमणको संख्या निरन्तर कम हुँंदै गएकाले बिरामी राख्नुपरेको थिएन । त्यसपछि प्रशासनसँंगै समन्वय गरी कलेजले बेड हटाई सामानहरू सबै स्टोरमा राखेको थियो । अहिले त्यही बेडको विस्तार गरिएको हो । 

देशभरसँंगै भक्तपुरमा पनि कोरोनाको संक्रमण बढ्दो छ । जिल्लामा भक्तपुर, मध्यपुर, चाँंगुनारायण र सूर्यविनायक गरी चारवटा नगरपालिकाहरू रहेका छन् । यी चारमध्ये जिल्लामा सबैभन्दा बढी कोरोना संक्रमित क्रमशः मध्यपुरथिमि, सूर्यविनायक, भक्तपुर र चाँंगुनारायण नगरपालिकामा छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले राखेको तथ्यांकअनुसार हालसम्म पिसिआर पोजेटिभ हुनेहरूको संख्या ९वैशाख १७ गतेसम्म मध्यपुरथिमिमा ५५, सूर्यविनायकमा ३८, भक्तपुरमा २२ र चाँंगुनारायणमा सातजना संक्रमितहरू छन् । साथै पाँंचजना सम्पर्कविहीन छन् ।