मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १८ शनिबार १२:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अहंकार र अकर्मण्यताकाे धरहराबाट ओर्लिन ओलीलाई गगन थापाको आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १८ शनिबार १२:०५:००

कांग्रेस नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले कोरोना महामारी नियन्त्रण प्रधानमन्त्रीको प्राथमिकतामा नपरेको भन्दै आपत्ति जनाएका छन् । आफू पनि नगर्ने र जानकारहरूले दिएको सुझाब पनि नमान्ने प्रधानमन्त्रीको अहंकारी प्रवृत्तिप्रति लक्षित गर्दै थापाले भनेका छन्, ‘प्रधानमन्त्रीज्यू, हामी साथ दिन तयार छौँ, कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस् ।’ 

नेता थापाले कोरोना नियन्त्रणका लागि विज्ञका कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्ने बताएका छन् । ‘कोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौँ, निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन । सबै पक्ष र आमनागरिक सचेत, सतर्क र जिम्मेवार बन्नैपर्छ,’ थापाले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘तर प्रधानमन्त्रीज्यू ! यो लडाइँमा हामी एक्लै सक्दैनौँ भनेर स्वास्थ्य मन्त्रालयले हात उठाउने, अनि तपाईंको प्राथमिकतामा अझै पनि महामारी नपर्ने ? यो आपत्तिजनक छ ।’ 

थापाले संक्रमण नियन्त्रण अहिले कठिन भए पनि उपलब्ध स्राेत–साधन, जनशक्तिको सदुपयोग गरेर क्षतिको न्यूनीकरण गर्न सकिने ठाउँ रहेको औँल्याएका छन् । उनले अघि लेखेका छन्, ‘कठिन छ, तर अझै हामीसँग उपलब्ध स्रोत, साधन, जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ । त्यसका लागि उपाय जानेकाहरूको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ ।’