मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १८ शनिबार ११:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभाका पूर्वसदस्य विदुर पौडेलको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १८ शनिबार ११:३९:००

कांग्रेस नेता तथा राष्ट्रिय सभाका पूर्वसदस्य संस्कृतिविद् विदुर पौडेलको निधन भएको छ । पौडेलका सहयोगी परमेश्वर पौडेलका अनुसार पौडेलको ७७ वर्षको उमेरमा पशुपतिस्थित वैद्यखानामा शनिबार बिहान निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । उनलाई मस्तिष्कघात भएको थियो । 

पूर्वीय दर्शनका ज्ञाता पौडेल पहिलो राष्ट्रिय सभामा कांग्रेसका तर्फबाट सदस्य थिए । उनी कांग्रेसको मनोनीत केन्द्रीय सदस्यसमेत रहे । उनी ०६४ सालदेखि ०६८ सालसम्म नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिसमेत भएका थिए । 

पौडेलको उपचारका लागि त्रिवि शिक्षण अस्पताल हुँदै काठमाडौं मेडिकल कलेज लगिए पनि पशुपतिमा देहत्याग गर्ने पौडेलको इच्छाअनुसार नै पशुपतिस्थित वैद्यखानामा राखिएको थियो ।