मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख १७ शुक्रबार १५:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोना संक्रमणदर बढ्नुमा सरकारको चरम लापरबाही र अकर्मण्यता मुख्य जिम्मेवार : देउवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख १७ शुक्रबार १५:१६:००

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको संक्रमणदर बढ्नुमा सरकार मुख्य जिम्मेवार रहेको बताएका छन् । निजी निवास बुढानीकण्ठमा शुक्रबार पत्रकार सम्मेलन गरी देउवाले अत्यन्तै कम मात्रामा  पिसिआर परीक्षण हुँदा पनि ३७ प्रतिशत संक्रमित  हुनु भनेको देशमा संक्रमणको अवस्था डरलाग्दो भएको भन्दै सरकारको चरम लापरबाही, असंवेदनशीलता र अकर्मण्यता मुख्य जिम्मेवार रहेको बताए ।

उनले सरकारले विगतबाट पाठ नसिकेको र अरू पार्टीको सुझाब पनि नसुनेको आरोप लगाए । अधुरा कामको उद्घाटन गरी भिडभाड बढाउन मात्र सरकार तत्लीन रहेको उनले बताए । 

अत्यावश्यक अक्सिजन र भेन्टिलेटर तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । अस्पताल र आइसियू बेडसहित स्वास्थ्य पूर्वाधारको समुचित व्यवस्था गर्न पनि माग गरे । सीमानाकाहरूमा पिसिआर परीक्षण गरी रिपोर्ट नआउन्जेल होल्डिङ सेन्टरमा राख्ने व्यवस्था मिलाउन माग गरे । 

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई विशेष जोखिम भत्ताको व्यवस्था गर्न माग गरेका छन् । नाकाबाट प्रवेश गर्ने नेपालीका लागि निःशुल्क पिसिआर परीक्षण गर्ने व्यवस्थालाई प्रभावकारी बनाउनका लागि सरकारसँग माग गरे ।  कोभिड– १९ को स्वास्थ्य मापदण्ड पालना गर्न सर्वसाधारणलाई आग्रह गरे । भौतिक दूरी कायम गर्न, मास्क लगाउन र नियमित साबुनपानीले हात धुन आग्रह गरेका छन् । संक्रमितहरूको स्वास्थ्य लाभको कामना गरे ।