मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शान्ता कमली
२०७५ फाल्गुण ५ आइतबार १०:३८:००
Read Time : > 1 मिनेट
समाचार

लमजुङमा लागुऔषध प्रयोगकर्ता बढे : तीन वर्षमा ८८ कारोबारी पक्राउ

Read Time : > 1 मिनेट
शान्ता कमली
२०७५ फाल्गुण ५ आइतबार १०:३८:००

लमजुङमा लागुऔषध कारोबार बढ्दै गएको प्रहरीले जनाएको छ । पछिल्लो तीन बर्षमा प्रहरीले गरेको कारबाही र चलाएको मुद्धाको तथ्याङ्कले यस्तो देखाएको हो । लमजुङ प्रहरीले तीन वर्षमा ८८ जना कारोबारी प्रक्राउ गरेको छ । १६ जनालाई मुद्धा चलाइएकोमा १५ जना कारागार चलान भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार १७ जना धरौटीमा छुटेका छन् भने ५६ जनालाई सम्झाईबुझाई छोडिएको छ ।

प्रहरी नायव उपरीक्षक यादव ढकालका अनुसार चालु आर्थिक बर्षको माघसम्म ३० जना लागुऔषध प्रयोगकर्ता तथा कारोबारी पक्राउ परिसकेका छन् । यी मध्ये ४ जनालाई मुद्धा चलाएर कारागार चलान गरिएको छ भने ८ जना धरौटीमा छुटेका छन् । पक्राउ परेका मध्ये १८ जनालाई सम्झाई बुझाई रिहा गरिएको प्रनाउ ढकालले बताए ।  

प्रहरीका अनुसार आर्थिक बर्ष २०७४/०७५ मा १७ जना पक्राउ परेका थिए । यी मध्ये ५ जना कारागार चलान भए भने ५ जना धरौटीमा छुटे । ७ जनालाई सम्झाई बुझाई छोडिएको थियो । आर्थिक बर्ष २०७३/०७४ मा ४१ जना पक्राउ परेका थिए । पक्राउ परेका मध्ये ६ जना कारागार चलान भए भने ४ जना धरौटीमा छुटे । ३१ जनालाई सम्झाई बुझाई छोडिएको प्रहरीले जनाएको छ । 

गाँजा र लागुऔषध ट्याबलेट प्रयोगकर्ता बढे

प्रहरी तथ्याङ्कअनुसार पछिल्लो समय जिल्लामा गाँजा र लागुऔषध ट्याबलेट प्रयोगकर्ता बढ्न थालेको छ । तीन बर्षको अबधीमा नुफिन, फेरागन, डाइजेपामजस्ता लागुऔषध भन्दा ट्याबलेट र गाँजा प्रयोग बढेको तथ्याङ्कले देखाएको छ । 

चालु आर्थिक बर्षमा प्रहरीले ३ किलो ८ सय ६८ ग्राम गाँजा र १ हजार १ सय १० लागुऔषध ट्याबलेट बरामद गरेको छ । अघिल्लो बर्ष ९ सय ५० र त्यसअघिको बर्ष ७ सय ग्राम बरामद भएको थियो । यस्तै गएको बर्ष २ सय ५५ र त्यसअघिको बर्ष ९ सय ५१ ट्याबलेट बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरिक्षक बसन्त पाण्डेका अनुसार तीनै बर्ष नुफिन, फेरागन र डाइजेपाम ४९/४९ थान बरामद गरिएको छ । गत बर्ष नुफिन ८६, फेरागन ८९ र डाइजेपाम ८३ थान बरामद गरिएको थियो । आर्थिक बर्ष २०७३/०७४ मा नुफिन १५२, फेरागन ११७ र डाइजेपाम ११९ बरामद गरिएको थियो ।

लमजुङ प्रहरीले तीन बर्षमा साढे ४३ हजार गाँजाका बोट नष्ट गरेको छ । जिल्लाका विभिन्न स्थानमा लगाइएका र उम्रिएका गाँजाको बोट नष्ट गरिएको प्रनाउ ढकालले बताए । चालु आर्थिक बर्षमा मात्र २९ हजार ४०८ बोट नष्ट गरिएको प्रहरीले जनाएको छ ।