मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १५ बुधबार ११:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आँखा, नाक, कान, घाँटी ‘प्राथमिक स्वास्थ्य’सम्बन्धी पुस्तक सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १५ बुधबार ११:४०:००

स्वास्थ्य सेवा विभागले प्राथमिक स्वास्थ्य’ सेवाका रूपमा आँखा, नाक, कान, घाँटीसम्बन्धी पुस्तक सार्वजनिक गरेको छ । विशेषज्ञ सेवाका रूपमा परिचित आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्य सेवा स्वास्थ्य संरचनाको तल्लो तहसम्म पुर्‍याउने  लक्ष्यअनुसार यो पुस्तिका सार्वजनिक गरिएको हो । 

आमनागरिकमा हुने आँखा, नाक, कान, घाँटीको समस्या रोकथाम तथा सरसफाइसम्बन्धी जागरुकता सिर्जना गरी रोग, जटिलता र धनजनको क्षति न्यूनीकरण गर्न लागेको उपचारात्मक सेवा महाशाखाअन्तर्गत  रहेको आँखा नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखाका प्रमुख डा. प्रकाश बुढाथोकीले बताए । 

डा. बुढाथोकीले भने, ‘विशेषज्ञ सेवाको स्वास्थ्य प्रवर्द्धन, समस्याको रोकथाम, रोग सुरुकै अवस्थामा पहिचान गरेको खण्डमा अपांगता न्यूनीकरण गर्न सकिन्छ । यसै क्रममा विगत २ वर्षदेखि हरेक स्थानीय तहमा ससर्त कार्यक्रमअन्तर्गत  महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयका शिक्षकशिक्षिका, विद्यार्थी र स्वास्थ्यकर्मीका लागि अभिमुखीकरण तथा प्रदेश सरकारबाट तालिम सञ्चालन गर्दै आएको छ । तर, अझै प्रदेश १, प्रदेश २, कर्णाली र सुदूरपश्चिममा कार्यक्रम सुरु भएको छैन । चाँडै सुरु हुने डा. बुढाथोकीले बताए । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले देशभर सञ्चालित अभिमुखीकरण र तालिम कार्यक्रममा एकरूपता र गुणस्तरीयता ल्याउन आवश्यक भएको बताए । एकरूपता र गुणस्तरीयता ल्याउन तालिम पुस्तिका निर्माण गरिएको बताए ।

महानिर्देशक डा. सिंहले स्वास्थ्य क्षेत्रमा राम्रो र प्रशंसनीय माइलस्टोन रहेको बताउँदै सरकारी सेवामा एकीकृत हुन नसकेको विशेषज्ञ सेवाहरू सर्वसाधारणको पहुँचमा पुर्‍याउन यो कार्यक्रम र पुस्तिका कोसेढुंगा  बन्ने विश्वास व्यक्त गरे । 
उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. मदनकुमार उपाध्यायले स्तानीय तहमा योजना बनाउन, कार्य गर्न र जनचेतना फैलाउन यस पुस्तिकाले धेरै सहयोग गर्ने बताए ।