१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख १५ बुधबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ बैशाख १५ बुधबार o९:१८:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

१२ जिल्लामा निषेधाज्ञा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ बैशाख १५ बुधबार o९:१८:oo

कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिएपछि सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा सुरु गरेको छ । मंगलबारसम्म १२ जिल्लामा निषेधाज्ञाको निर्णय भइसकेको छ भने केही जिल्लामा यसको तयारी भइरहेको छ ।

गृह मन्त्रालयका अनुसार नौ जिल्लामा पूर्ण रूपमा निषेधाज्ञाको निर्णय भइसकेको छ । तीन जिल्लामा आंशिक रूपमा लकडाउन गरिएको छ । पूर्ण रूपमा निषेधाज्ञा हुने जिल्लामा उपत्यकाभित्रका काठमाडौं, भक्तपुर र ललितपुर तथा बाहिरका बाँके, पर्सा, कास्की, दाङ, सुर्खेत र कैलाली छन् ।

उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा सुरु हुँदै छ भने बाँकेमा सोमबारदेखि निषेधाज्ञा लागू भइसकेको छ । त्यस्तै, सुर्खेतमा मंगलबारबाट, कास्कीमा बुधबार, कैलालीमा बिहीबार तथा दाङमा शुक्रबारदेखि निषेधाज्ञा लागू गर्ने निर्णय भएको छ ।

बर्दिया, कालिकोट र बाग्लुङका धेरै संक्रमण देखिएका क्षेत्रमा मात्र लकडाउन गरिएको छ । ‘हालसम्म नौ जिल्लामा पूर्ण रूपमा निषेधाज्ञाको निर्णय भएको छ,’ गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले भने, ‘संक्रमणको अवस्था हेरेर लकडाउन तथा निषेधाज्ञा लागू गर्न स्थानीय प्रशासनलाई अनुमति दिइएको छ ।’

बिहीबारदेखि उपत्यकामा सुरु हुन लागेको निषेधाज्ञामा निर्माणसम्बन्धी काम भने नरोकिने भएको छ । हजारौँ मजदुर समस्यामा पर्न सक्ने भएकाले काम नरोक्ने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता दाहालले बताए ।

त्यसमा स्वास्थ्य मापदण्ड लागू गरेर काम सञ्चालन गर्न दिने निर्णय भएको छ । निषेधाज्ञाका केही नियम मंगलबार संशोधन गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ सूचना जारी गरी डिर्पाटमेन्ट स्टोरको ग्रोसरी बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ । यसअघि बिहान १० देखि साँझ ५ बजेसम्म खोल्न दिने निर्णय गरिएको थियो ।