Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १४ मंगलबार १८:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्वास्थ्य मन्त्रालयले भन्यो– बहिरंग सेवा स्थगन गर्नू, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिनू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १४ मंगलबार १८:२७:००

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई बहिरंग सेवा बन्द गर्न निर्देशन दिएको छ । मन्त्रालयले सबै अस्पताललाई मंगलबार पत्र लेख्दै कोभिड– १९ को दोस्रो लहर बढेकाले उपचारको व्यवस्थापन गर्न हाललाई बहिरंग र इलेक्टिभ सर्जरी सेवालाई स्थगित गर्न निर्देशन दिएको हो । 

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ती सेवा बन्द गरे पनि आकस्मिक सेवा भने सुचारु राख्न भनिएको जानकारी दिए ।  मंगलबार एकै दिन चार हजार पाँच सय २४ जना कोरोना संक्रमित भएका छन्  भने १८ जना संक्रमितको मृत्यु भएको छ । 

उनले कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो समय बिदा नदिन र यसअघि लामो बिदामा बसेका कर्मचारीलाई तुरुन्त कार्यालयमा हाजिर हुन पत्राचार गर्नसमेत निर्देशन दिएको बताए । मन्त्रालयले कार्यरत जनशक्तिमध्ये ५० प्रतिशत जनशक्तिको आलोपालो निर्धारण गरी सेवा व्यवस्थापन गर्न भनिएको छ । 

यस्तै, मन्त्रालयले अस्पतालको स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्ने र रिक्त दरबन्दी भए ६ महिना करारमा लिनसमेत भनिएको छ । मन्त्रालयले सघन उपचार कक्ष (आइसियू) तथा आकस्मिक उपचारसम्बन्धी औजार र अक्सिजनको व्यवस्थापन गर्नसमेत सबै अस्पताललाई निर्देशन दिएको छ ।