१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १४ मंगलबार ०९:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सट्टेबाजीमा संलग्न भारतीय नागरिकसहित ११ पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १४ मंगलबार ०९:५४:००

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) र प्रिमियर लिग फुटबल (पिएलएफ)लगायतका खेलमा सट्टेबाजी गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये पाँचजना भारतीय नागरिक रहेका छन् । 

पक्राउ पर्नेमा कैलाली धनगढी– २ का ३१ वर्षीय अशोक सिंह, भारत बिहार सीतामढीका २९ वर्षीय विक्रमकुमार जैसवाल, बिहार सीतामढीकै ३१ वर्षीय अंकितकुमार कलवार, रौतहट गौर– १ का २८ वर्षीय राहुलकुमार जैसवाल, मोरङ विराटनगर– ३ का ३० वर्षीय सन्दीपकुमार मण्डल, काभ्रेपलाञ्चोक चौरीदेउराली– ८ का ३६ वर्षीय राजु थापा छन् । 

त्यस्तै, धादिङ गल्छी– २ का ३१ वर्षीय सन्तोष खतिवडा, भारत हिमाञ्चल प्रदेश सोलन थानाका ४६ वर्षीय सुशील जेस्टा, भारत राजस्थान प्रदेश चुरीका ३१ वर्षीय पवनकुमार शर्मा, भारत राजस्थान प्रदेश झुनझुन केवडीका ३० वर्षीय सुचित अग्रवाल र भारत बिहार मोतीहारीका ४० वर्षीय मुकेश जैसवाल रहेका छन् । 

महानगरीय अपराध महाशाखाबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूबाट प्रहरीले सट्टेबाजीमा प्रयोग भएका मोबाइल, हिसाब–किताब राखिएका खाता र डायरी पनि बरामद गरेको छ । प्रहरीका अनुसार उनीहरूले अनलाइनमार्फत सट्टेबाजी धन्दा चलाउँदै आएका थिए । उनीहरूबाट प्रहरीले दुई लाख ९६ हजार रुपैयाँ पनि बरामद गरेको छ । पक्राउ परेकाविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४ अनुसार कारबाही हुने प्रहरीले जानकारी दिएको छ ।