मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नवीन प्यासी काठमाडौं
२०७८ बैशाख १३ सोमबार १४:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नोम्याडल्यान्डले जित्यो ओस्कर अवार्ड, सर्वोत्कृष्ट निर्देशक क्लोई अवार्ड जित्ने पहिलो एसियन महिला बनिन्

Read Time : < 1 मिनेट
नवीन प्यासी, काठमाडौं
२०७८ बैशाख १३ सोमबार १४:२७:००

९३औँ ओस्कर अवार्डमा चिनियाँ क्लोई चाउ निर्देशित ‘नोम्याडल्यान्ड’ले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । क्लोईले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेकी छिन् भने यसै चलचित्रबाट फ्रान्सेस म्याकडोरमेन्डले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् । ६ विधामा मनोनयनमा परेको यस चलचित्रले तीन विधामा अवार्ड जितेको हो । 


यस अवार्ड जित्ने क्लोई पहिलो एसियन महिला हुन् भने ओस्करको इतिहासमै दोस्रो महिला हुन् । साथै सर्वोत्कृष्ट अभिनेताको अवार्ड भने ‘द फादर’ चलचित्रबाट एन्टोनी हप्किन्स’ले जितेका छन् । 

कुन विधामा क–कसले जिते अवार्ड ?
चलचित्र : नोम्याडल्यान्ड
निर्देशक : क्योल चाउ, नोम्याडल्यान्ड
अभिनेता : एन्थोनी हप्किन्स, द फादर
अभिनेत्री : फ्रान्सिस म्याकडोरम्यान्ड, नोम्याडल्यान्ड
सहअभिनेत्री : यु जोङ उन, मिनारी
सहअभिनेता : डेनियल कालुइया, जुडास एन्ड ब्ल्याक मसाइहा
एडप्टेड पटकथा : द फादर
मौलिक पटकथा : प्रमिसिङ योङ वुमन
कस्ट्युम डिजाइन : मा रेइनिज ब्ल्याक बटम
ओरजिनल स्कोर : सोल
एनिमेटेड सर्ट फिल्म : इफ एनिथिङ ह्यापेन्स आई लभ यू
डकुमेन्ट्री फिचर : माई अक्टोपस टिचर
अन्तर्राष्ट्रिय फिचर : एनादर राउन्ड, डेनमार्क
ध्वनि > साउन्ड अफ मेटल
प्रोडक्सन डिजाइन  : म्यांक
सम्पादन : साउन्ड अफ मेटल
छायांकन : म्यांक
भिजुअल इफेक्ट : टेनेट
एनिमेटेड फिचर फिल्म : सोल
मेकअप एन्ड हेयरस्टाइल : मा रेइनिज ब्ल्याक बटम
ओरजिनल सङ : फाइट फर यु, जुडास एन्ड द ब्ल्याक मसाइह