१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख १३ सोमबार १०:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एकताको पक्षमा लाग्न कार्यकर्तालाई नेता नेपालको आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख १३ सोमबार १०:१५:००

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको रक्षा, सत्य, न्याय, समृद्धि र नेकपा एमालेको एकताको पक्षमा लाग्न कार्यकर्ता र शुभचिन्तकलाई आग्रह गरेका छन् । सोमबार मनमोहन अधिकारीको २२औँ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै नेपालले मुलुक र कम्युनिस्ट आन्दोलनमा अधिकारीको योगदान अतुलनीय भएको बताए । 

अधिकारीले नौ महिना सरकारको नेतृत्व गर्दा अवलम्बन गरेका नीतिको दीर्घकालीन परिणामले जनतामा उनीप्रतिको श्रद्धा कहिलै नमेटिने उल्लेख गरे । 

जनताले ठूलो मौका दिएको कम्युनिस्ट सरकारबाट विकृति र विसंगतिहरूलाई प्रश्रय दिने काम हुनु, सामान्य किसान र गरिब परिवारले राहतको महसुस गर्न नसकेको अवस्थामा स्वर्गीय अधिकारीको अभाव झन् धेरै खड्किएको बताए ।