१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ बैशाख १३ सोमबार ०९:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घरेलु मदिरालाई ब्रान्ड बनाउन सामाजिक विकासमन्त्री राईले बनाइन् कार्यदल  

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ बैशाख १३ सोमबार ०९:४०:००

घरेलुस्तरमा उत्पादनमा हुने कोदोको रक्सीलाई ब्रान्ड बनाउन प्रदेश १ की सामाजिक विकासमन्त्री  उषाकला राईले कार्यदल बनाएकी छिन् । उनले नेपाली घरेलु मदिरा (कोदोको रक्सी) ब्रान्डिङ, बजारीकरण तथा
प्रवर्द्धनको विषयमा सम्भाव्यता अध्ययनका लागि प्रदेश योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा कार्यदल बनाएकी हुन् ।    

कार्यदलको सदस्यहरूमा प्रदेश योजना आयोग सदस्य मीना भण्डारी, मुख्यमन्त्री शेरधन राईका आर्थिक सल्लाहकार महेन्द्रबहादुर गुरुङ, स्नातकोत्तर क्याम्पस विराटनगरका सहप्राध्यापक डिल्लीकुमार प्रसाईं, प्रदेश कृषि निर्देशनालयका प्रमुख प्रकाश डाँगी, सामाजिक विकास मन्त्रालयका उपसचिव अम्बिकाप्रसाद चौलागाईं, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलकुमार थापा, प्रदेश योजना आयोगका अधिकृत राकेश निरौला, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सहायक वनस्पति अधिकृत राजेश तामाङ छन् । कार्यदलको सदस्यसचिवमा सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत निर्मल भट्टराइलाई तोकिएको छ । 

पटकपटक संसद् सार्वजनिक स्थानमा ‘ब्यान्ड भर्सेस ब्रान्ड’ भन्दै घरेलु मदिराको पक्षमा आवाजा उठाउँदै आएकी  सांसद राईले सामाजिक विकासमन्त्रीमा नियुक्त भएपछि अवधारणा कार्यान्वयनका लागि सम्भाव्यता अध्ययन कार्यदल गठन गराएकी हुन् । कार्यदलले सम्भाव्यता अध्ययन गरेर ४५ दिनभित्रमा मन्त्रालयमा प्रतिवेदन पेस गर्नुपर्नेछ ।