मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख १३ सोमबार ०६:२८:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

संक्रमण बढ्न थालेपछि सबै परीक्षा स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख १३ सोमबार ०६:२८:००

कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि सरकारले सञ्चालन भइरहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आइतबार बसेको सिसिएमसी बैठकले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले संक्रमण उच्च रहेका सहरमा भौतिक कक्षा बन्द गरी वैकल्पिक विधिबाट पठनपाठन गर्नुपर्ने निर्णय गरे पनि पूर्वनिर्धारित परीक्षा सञ्चालन गर्ने भनेको थियो । संक्रमण बढ्दै गएपछि सिसिएमसीले परीक्षासमेत स्थगित गर्ने निर्णय गरेको हो ।

त्रिविलगायतका बोर्ड परीक्षा सञ्चालन भइरहेका छन् । परीक्षा नियन्त्रक पुष्पराज जोशीले सोमबारको परीक्षालाई निरन्तरता दिएर अन्य परीक्षाका विषयमा सरकारबाट आधिकारिक जानकारी आएपछि निर्णय गरिने बताए । त्रिविले १७ वैशाखदेखि स्नातकोत्तर तह तेस्रो सेमेस्टरका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।