मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १२ आइतबार १४:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तत्काल देशभर लकडाउन नहुने, परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्– स्थिति हेरेर स्थानीय तहमा निर्णय हुन्छ (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १२ आइतबार १४:४४:००

सरकारले तत्काल देशव्यापी लकडाउन नगर्ने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले सरकार तत्काल देशव्यापी लकडाउन गर्ने सोचमा नरहेको बताएका छन् । ओलीले कोभिड– १९ विरुद्धको लडाइँमा सक्रिय रहन निर्देशन पनि दिएका छन् । 

बैठकपछि एमाले प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारको आग्रह स्वास्थ्य मापदण्ड पालना गराउनु नै रहेको बताए । अर्थतन्त्र र जनजीविकामा प्रभाव नपरोस् भन्ने हेतुले देशव्यापी रूपमा लकडाउन नगर्ने, तर हटस्पटहरूमा लकडाउन हुन सक्ने उनको भनाइ छ ।

उनले भने, ‘तत्काल हामी नेसनवाइज् लकडाउन गर्दैनौँ । अहिलेको हाम्रो आग्रह सबै नागरिकलाई स्वास्थ्य प्रोटोकलको पालना गर्नुस् भन्ने नै छ । लकडाउनले एकछिनलाई कोभिडको चेन ब्रेक गर्छ, तर अलिकति पुस गर्ने मात्रै हो । त्यो आफैँमा अन्तिम समाधान होइन । त्यसकारणले भर्खर–भर्खर अर्थतन्त्र तंग्रिन थालेको हुनाले सकभर अर्थतन्त्रमा, मान्छेका जीविकामा प्रतिकूल प्रभाव नपरोस् भन्ने सरकारको चाहना छ । त्यसो भाको हुनाले हटस्पटहरूमा पार्सली लकडाउन हुन सक्छ । तर, त्यो लोकल मात्रै । नेसनवाइज् लकडाउन तत्कालचाहिँ हुँदैन ।’

अहिलेको कोभिड– १९ संक्रमणको अवस्थालाई धान्न सकिने भए पनि यही ढंगले बढ्दै गएमा गाह्रो पर्न सक्ने पनि बताए । सिसिएमसीको बैठकबाट अक्सिजन प्लान्टहरूको क्षमता विस्तार गर्ने, नयाँ सिलिन्डरहरू मगाउनेलगायका विषयमा छलफल हुने उनले जानकारी दिए ।