१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख ११ शनिबार १७:२१:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

त्रिदेशीय टी–२० सिरिजको उपाधि नेपालको पोल्टामा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख ११ शनिबार १७:२१:००

त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले नेदरल्यान्डसलाई १४२ रनले हराउँदै उपाधि जितेको हो । नेपालले ११ वर्षपछि घरेलु मैदानमा सिरिजको उपाधि जितेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३८ रन बनायो । दुई सय ३९ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्डसले १७ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ९६ रन मात्र बनायो । नेपालले आज विपक्षी टोलीलाई टी–२० क्रिकेटमा कीर्तिमानी लक्ष्य दिएको थियो । यसअघि टी–२० क्रिकेटमा नेपालले १३औँ सागमा भुटानलाई २३६ रनको लक्ष्य दिएको थियो । 

नेदरल्यान्डसविरुद्धको खेलमा अरू खेलमा जस्तै कुशल भुर्तेलले अर्धशतक प्रहार गर्नुभयो । सिरिजमा उनले  चौथो अर्धशतक प्रहार गर्नुभयो । एउटै सिरिजमा चौथो अर्धशतक बनाउने उहाँ पहिलो खेलाडी बन्नुभएको छ । भुर्तेलले ७७ रन बनाए । उनले ५३ बल खेल्ने क्रममा तीन छक्का र आठ चौका हाने  । यस्तै, आसिफ सेखले १६ र कप्तान ज्ञानेन्द्र मल्लले ३३ रनको योगदान दिए ।  कुशल मल्लले अर्धशतक प्रहार गरे । उनले २४ बलमा अविजित ५० रन बनाए ।  सो क्रममा मल्लले पाँच छक्का र दुई चौका हाने ।  यस्तै उपकप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ४८ रन बनाए । उनले  १८ बल खेल्दै तीन छक्का र पाँच चौका प्रहार गरे ।  बलिङतर्फ नेदरल्यान्डसका लागि फिलिपे वोइसेविनले दुई तथा सेवास्टियन ब्राटले एक विकेट लिए ।  

विजय लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्डसले सुरुवातदेखि नै विकेट गुमाउँदै गयो । नेदरल्यान्डसले दोस्रो ओभरमै पहिलो विकेट गुमाएको थियो । उसले आठ ओभरमा छ विकेट गुमाउँदै ४३ रन बनाएको थियो । नेदरल्यान्डसका लागि म्याक्स ओडाउडले २० रन बनाए ।  यस्तै, कप्तान पिटस सेलारले १३ रन बनाए । अन्तिम समयसम्म सेवास्टियन ब्राटले आफ्नो टोलीलाई साथ दिए । उनले अविजित २६ रनको योगदान दिए । अन्य खेलाडीले भने रन बनाउन सकेनन् । नेदरल्यान्डसका दुई खेलाडी रनआउट भए । बलिङतर्फ नेपालका करण केसीले तीन, कमलसिंह ऐरी र सन्दीप लामिछानेले दुई–दुई तथा अविनाश बोहाेराले एक विकेट लिए ।  लामिछानेले आज पनि उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा २६ रन खर्चिँदै दुई विकेट लिए ।  लामिछाने सिरिजमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । उनले  पाँच खेलमा १३ विकेट लिए ।   रासस