मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ पौष ५ बिहीबार ०६:२०:००
Read Time : < 1 मिनेट
सप्तरंग

कंगनालाई कपी गरेको आरोप  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ५ बिहीबार ०६:२०:००

कंगना रनौतको फिल्म ‘मणिकर्णिका द क्विन अफ झाँसी’को ट्रेलर १८ नोभेम्बरमा रिलिज भयो । ट्रेलर लन्च कार्यक्रममा कंगना रानी लक्ष्मी बाइ भएर प्रस्तुत भएकी थिइन् । 
दर्शकले ट्रेलर खुब रुचाएका छन् । ट्रेलरको एक दृश्यमा कंगना एक्सनमा देखिएकी छिन् । सबै राम्रो भए पनि ट्रेलर केही दृश्यमा हल्का भएको जनाइएको छ । एक्सन सिनका लागि भिएफएक्सको प्रयोग भएको प्रस्टै देखिन्छ । 

केही सिन बलिउडका पछिल्लो समयका केही ऐतिहासिक फिल्मबाट कपी गरिएको आरोप पनि लागेको छ । बलिउडमा योभन्दा पहिले केही ऐतिहासिक फिल्म बनेका छन् । योेद्धामा आधारित यस्ता फिल्मको खास मजा फाइट र खतरनाक एक्सन सिन हुन् ।

कंगनाले यिनै फिल्मबाट प्रेरित भएर नक्कल गरेको आरोप लागेको हो । ‘मेहोजोदारो’, ‘बाहुबली’, ‘जोधा अकबर’, ‘बाजिराओ मस्तानी’लगायत फिल्मबाट प्रेरित भएको उनीमाथि आरोप छ ।