१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख १० शुक्रबार १८:५३:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएलको विजेताले ३५ लाख पाउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख १० शुक्रबार १८:५३:००

भोलिबाट काठमाडौंमा आयोजना हुन लागेको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को विजेताले ३५ लाख रुपैयाँ पाउने भएको छ । आयोजक नेपाल स्पोर्टस् म्यानेजमेन्टले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेताले पाउने पुरस्कार राशिको घोषणा गरेको हो । सोही कार्यक्रममा आयोजकले जेठ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएकोसमेत जनाएको छ ।

आयोजकले कोरोना भाइरसको महामारी बाबजुद सरकारसँग छलफल गरेर अगाडि बढ्ने जानकारी दियो । प्रतियोगिताका निर्देशक श्रेयन्स कार्कीले क्लबले लगानी गरिसकेको कारण बन्द रंगशालामा भए पनि प्रतियोगिता आयोजना हुने बताए । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै रंगशालामा दर्शक उपस्थित नगर्न निर्देशन दिएको थियो । त्यसैले आयोजक तोकिएको मापदण्ड अपनाउँदै आयोजना गर्ने लक्ष्यका साथ अगाडि बढेको छ । सोही कारण पहिलो संस्करणको प्रतियोगिता दर्शकविना सञ्चालन हुनेछ ।

यस्तै, प्रतियोगिताको दौरानमा कुनै पनि टोलीका खेलाडीमा कोरोना संक्रमण देखिए अर्को खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान आयोजकले क्लबलाई प्रदान गरेको छ । पहिलो संकरणको लिगमा सात फ्रेन्चाइज टोलीले सहभागिता जनाउँदै छन् । जसमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भोलिबाट हुने प्रतियोगिताको पहिलो खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ साढे ५ बजेबाट सुरु हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा हुने लिग राउन्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल २५ खेल हुनेछन् । विजेताले ३५ लाख पाउनेछ भने यस्तै उपविजेताले १५ लाख पाउनेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही एक–एक लाख पाउनेछन् । त्यस्तै, हरेक खेलको उत्कृष्ट युवा खेलाडीले १० हजार र हरेक खेलको म्यान अफ दी म्याचले २५ हजार पाउनेछन् ।