मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी
२०७५ फाल्गुण ५ आइतबार ०८:४४:००
Read Time : < 1 मिनेट
विश्व

समाजवादी नेताका सन्तानको विलासपूर्ण जीवनशैली

तत्कालीन समाजवादी नेता ह्युगो चाभेजकी जेठी छोरी म्यारिया गाब्रेला भेनेजुएलाकै सर्वाधिक धनी महिला

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ फाल्गुण ५ आइतबार ०८:४४:००

भेनेजुएलामा अहिले राजनीतिक शक्तिसंघर्ष चुलिएको छ । राष्ट्रपति निकोलस मदुरोले अर्थतन्त्र ध्वस्त बनाएको विपक्षीले आरोप लगाउँदै आएका छन् । विपक्षीहरूले यस्तो आरोप लगाइरहेका वेला वर्तमान राष्ट्रपति मदुरो र पूर्वराष्ट्रपति ह्युगो चाभेजका सन्तानले विलासपूर्ण जीवनशैली अपनाएको पाइन्छ ।

तत्कालीन समाजवादी नेता ह्युगो चाभेजकी जेठी छोरी म्यारिया गाब्रेला भेनेजुएलाकै सर्वाधिक धनी महिला हुन् । उनको चार अर्ब डलरभन्दा बढी रकम युरोपका विभिन्न बैंकमा रहेको बताइन्छ । आफ्ना पिता चाभेज राष्ट्रपति हुँदा उनी फस्र्ट लेडीको भूमिकामा थिइन् । त्यतिवेला दोस्री पत्नीसँग सम्बन्धविच्छेद भएकाले चाभेजले गाब्रेललाई फस्र्ट लेडी बनाएका थिए । गाब्रेलकी बहिनी रोसिन चाभेज पनि भेनेजुएलामा कुनै वेला फजुल खर्चकी पर्याय बनेकी थिइन् । सन् २०१६ मा सामाजिक सञ्जालमा मुठ्ठीभर डलरका बिटा देखाएको केही घन्टापछि उनी पेरिस उडेकी थिइन् ।  भर्खरतत्कालीन समाजवादी नेता ह्युगो चाभेजकी जेठी छोरी म्यारिया गाब्रेला भेनेजुएलाकै सर्वाधिक धनी महिला २१औँ वसन्त पार गरेकी उनी अहिले पेरिसमा विलासपूर्ण जीवन व्यतीत गरिरहेकी छिन् ।

चाभेजका उत्तराधिकारी तथा वर्तमान राष्ट्रपति निकोलस मदुरोको जीवनशैली झन् खर्चालु छ । त्यस्तै, मदुरोका सौतेला छोरा योसवी फोर्लस र वाल्टर फोर्लसले गत वर्ष पेरिसको एउटा होटेलमा १८ दिन बस्दा ४५ हजार डलर उडाएका थिए । उनीहरू बसेको होटेलमा प्रतिरात ५ सय ९१ डलर लाग्छ ।  भेनेजुएलामा हरेक १० मध्ये ६ जनाले दैनिक उपभोग्य वस्तु किन्न नपाउँदा विभिन्न कठिनाइको सामना गरिरहेका छन् । 

भेनेजुएलाका अधिकांश नागरिक पानी, औषधि, खाद्यन्न किन्न घन्टौँ लाइनमा बस्नुपर्छ । आर्थिक समस्याका कारण हजारौँ नागरिक अन्य ल्याटिन अमेरिका पलायन भएका छन् । तर, केही व्यक्तिको जीवनशैली शाही परिवारको भन्दा कम छैन । मदुरोकी पत्नी सिलिअ एडेला गाभिडिअ फोर्लस डी मदुरोमाथि लागुऔषध तस्करीको आरोप लागेको छ ।