मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख १५ बुधबार
  • Wednesday, 28 April, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ८ बुधबार ०६:२४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

टिभिएसले नेपालमा पब्जी मोबाइल च्याम्पियनसिपको प्रायोजन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ८ बुधबार ०६:२४:००

दुईपांग्रे र तीनपांग्रे सवारीसाधन निर्माता टिभिएस मोटर कम्पनीले नेपालमा आयोजना हुने पब्जी मोबाइल च्याम्पियनसिप २०२१ को प्रायोजना गर्ने भएको छ । टिभिएस मोटर कम्पनीको टिभिएस एनटर्क १२५ को ट्यागलाइन ‘प्ले स्मार्ट’ भन्ने नारासहित टिभिएसले प्रतियोगिताको प्रायोजन गर्न लागेको हो । 

पब्जी नेपालको जेन जेडमध्येको एक लोकप्रिय खेल भएको भन्दै कम्पनीले यो च्याम्पियनसिप गेमिङ क्षेत्रले सबैभन्दा राम्रो प्रतिभा भएको खेलाडीलाई प्रस्तुत गर्ने जनाएको छ । प्रतियोगिताका तीन भाग्यशाली विजेताले टिभिएस एनटर्क १२५ सुपर स्क्वाड एडिसन स्कुटर जित्ने मौका पाउने जनाइएको छ । 

टिभिएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले नेपालका युवालाई सधैँ प्रेरित गर्ने र विभिन्न प्लेटफर्महरूलाई प्रोत्साहन गर्नेमा केन्द्रित रहेको बताए । उनले भने, ‘हामीले नियमित अन्तरालमा यस्ता संस्थाहरूलाई समर्थन दिँदै आइरहेका छौँ र त्यस्ता राम्रा पक्षहरू निर्माण गर्न जारी राख्नेछौँ, जसले देशमा टिभिएस मोटर कम्पनी उत्पादनहरूको आकांक्षा जगाउँछ ।’

पब्जी मोबाइल च्याम्पियनसिप २०२१ ले ६ सयभन्दा बढी टिम, २५ स्ट्रिमिङ च्यानल र १६ स्ट्रिमरको सहभागिताको अपेक्षा गरेको जनाइएको छ । ४५ दिन चल्ने प्रतियोगितामा ४के गेमिङ नेपाल, एसके४९, मि–ह्योजुजस्ता एनटिटी समावेश रहेको कम्पनीले जनाएको छ ।