मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका जनकपुरधाम
२०७८ बैशाख ८ बुधबार ०८:३०:००
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

जसपा र माओवादी केन्द्रको प्रस्ताव : प्रदेश २ को नाम मधेस  स्थायी राजधानी जनकपुर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
२०७८ बैशाख ८ बुधबार ०८:३०:००

प्रदेश २ को नाम र स्थायी राजधानी तोक्न दलहरूले दोस्रोपटक प्रयास थालेका छन् । प्रदेश सभा सचिवालयले २ चैतमै प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गराउन आह्वान गरेपछि विभिन्न राजनीतिक दलले आ–आफ्ना प्रस्ताव दर्ता गराउन थालेका हुन् ।

प्रदेश नामकरण र स्थायी राजधानीका लागि अहिलेसम्म जनता समाजवादी पार्टी र माओवादी केन्द्र दुवैले छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएको प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । प्रदेश नामकरण सम्बन्धमा जसपाका प्रदेश सभा सदस्य शैलेन्द्रकुमार यादव र माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएका छन् । दुवै दलको प्रस्तावमा प्रदेशको नाम ‘मधेस’ राखिएको सचिव यादवले बताए । 

जसपा प्रदेश सभा सदस्य परमेश्‍वर साह र माओवादी केन्द्रका सांसद भरतप्रसाद साहले अलग–अलग प्रस्ताव दर्ता गराए पनि दुवैले जनकपुरलाई नै स्थायी राजधानीको रूपमा प्रस्ताव गरेका छन् । आगामी ९ वैशाख दिउँसो ३ बजेसम्म प्रस्ताव दर्ता गराउन सक्ने व्यवस्था रहेकाले प्रमुख प्रतिपक्षी दल एमाले र कांग्रेसले कुनै प्रस्ताव दर्ता गराएका छैनन् । 

कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले ८ वैशाखमा दलको बैठक बसेर छलफल गरी प्रस्ताव दर्ता गराउने जानकारी दिए । ‘हाम्रो पार्टीको नयाँ प्रस्ताव आउँदैन, हामीले पहिला नै प्रदेशको नाम मिथिला भोजपुरा र जनकपुरधाम राजधानी प्रस्ताव गरेका छौँ, त्यही प्रस्ताव नै रहन्छ,’ उनले भने ।