मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ७ मंगलबार १८:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अब अनुसन्धान र अन्वेषणतिर लाग्नुपर्छ : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ७ मंगलबार १८:५४:००

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समृद्ध समाज निर्माणका लागि अनुसन्धान र अन्वेषणको नयाँ युगतिर प्रवेश गर्नुपर्ने बताएका छन् । मंगलबार युथ फर नेसनको आयोजनामा भएको अन्तर्क्रिया कार्यक्रममा प्रचण्डले वर्ग संघर्ष र राजनीतिक क्रान्तिको चरण पार गरिसकेको भन्दै समृद्ध समाज निर्माणका लागि अध्ययन, अनुसन्धान र अन्वेषणको नयाँ युगतिर प्रवेश गर्नुपर्ने बताएका हुन् । 

उनले भने, ‘वर्गसंघर्ष र राजनीतिक क्रान्तिको एउटा चरण हामीले पार गरेका छौँ । हामीले अब विकास, समृद्धि, अध्ययन–अनुसन्धान र अन्वेषणको एउटा नयाँ युगतिर प्रवेश गर्नु  छ । अनि मात्रै एउटा समृद्ध समाज निर्माण गर्न सकिन्छ ।’

अहिले विश्वको तापक्रम बढेकाले हिउँ पग्लिने प्रक्रिया तीव्र गतिमा अघि बढेको उल्लेख गर्दै प्रचण्डले यो गतिलाई रोक्न नसके विश्व मानव समुदायलाई ठूलो नकारात्मक असर पर्ने तथ्यांकहरू सार्वजनिक भएको सन्दर्भमा वातावरणको संरक्षणका निम्ति नेपाली अध्यता र विज्ञहरूले गरेको मिहिनेत सराहनीय रहेको बताए ।