१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रञ्जन भण्डारी
२०७५ फाल्गुण ४ शनिबार १९:१७:००
Read Time : < 1 मिनेट
प्रदेश

प्रदेश २ मा ‘एक पालिका एक प्राविधिक शिक्षालय’ सुरु गर्छौं : मुख्यमन्त्री राउत

Read Time : < 1 मिनेट
रञ्जन भण्डारी
२०७५ फाल्गुण ४ शनिबार १९:१७:००

प्रदेश २ सरकारले प्रदेशलाई प्राविधिक शिक्षाको हव बनाउने मुख्यमन्त्री मोहम्मद लालबावु राउत गद्दीले बताएका छन् ।

प्रदेशका अधिकांश बालवालिका प्राविधिक शिक्षाका लागि भौतारिनुपर्ने अवस्था अन्त्य गरी शिक्षा क्षेत्रको क्रान्ति हुने उनले बताए ।सक्षम र चलाउन सक्ने भए एक पालिका एक प्राविधिक शिक्षालय खोल्न सकिने उनको धारणा थियो । सदरमुकाम जलेश्वर स्थित जिल्ला समन्वय समितिको सभाकक्षमा भएको संघीय समाजवादी फोरमको पार्टी प्रवेश कार्यक्रममा नयाँ पत्रिकासँग मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् । 

हाल प्राविधिक शिक्षाको गुणस्तर गुम्दै गएकोले प्रदेश सरकारले निश्चित मापदण्ड बनाई ‘एक पालिका एक प्राविधिक शिक्षालयको स्थापना’ गर्ने उनले बताए । वैदेशिक रोजगारमै रहेका नेपालीहरु अधिकांश सिपविहीन रहेको अवस्थामा यस्ता शिक्षालय खोलिए युवाहरु लाभान्वित हुने र अर्थतन्त्र समेत मजबुत हुने उनले बताए ।