मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख ७ मंगलबार १३:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सेतो मत्स्येन्द्रनाथको रथयात्रा आजबाट सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख ७ मंगलबार १३:५३:००

कोभिड– १९ संक्रमणको जोखिमका बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै छ । रथयात्राका लागि दिउँसो ४ बजे काठमाडौंको केलटोलबाट देवताको रथ दरबारमार्गस्थित तीनधारा पाठाशालाअघि लगिने तयारी गरिएको छ ।

रथयात्रा भने आज बेलुकी ६ बजेबाट सुरु हुनेछ । रथयात्राको पहिलो दिन सेतो मत्स्येन्द्रनाथको रथलाई भोटाहिटी हुँदै असनमा लगि राखिनेछ । असनमा पुर्‍याइएपछि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम पनि रहेको छ । मत्स्येन्द्रनाथको रथलाई दरबारमार्गबाट असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः मत्स्येन्द्रबहालमा पुर्‍याएपछि अन्त्य गरिन्छ ।

सेतो मत्स्येन्द्रनाथको रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्या रथयात्रा निकालेपछि वर्ष हुने धार्मिक विश्वास पनि रहेको छ । कोरोना संक्रमण फैलिन नदिन सुरक्षाको सावधानी अपनाउन जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउने, रथभन्दा १५ मिनेटअघि नै सांस्कृतिक बाजाको समूहलाई हिँडाउने र एक दिन रथ तानेका युवाले अर्को दिन नतान्ने व्यवस्था मिलाइएको सेतो मत्स्येन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ ।