मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख ७ मंगलबार १०:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालुवाटारमा पूजा गरेर चितवन पठाइयो राम–सीताको मूर्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख ७ मंगलबार १०:४२:००

चितवनको अयोध्यापुरीमा ल्याएर राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई  बालुवाटारमा विधिवत् रूपमा पूजा गरी  पठाइएको छ । मंगलबार प्रधानमन्त्री केपी ओली र उनकी पत्नी राधिका शाक्यले मूर्तिहरूको पूजा गरेका थिए । बालुवाटारमा आयोजित वैदिक अनुष्ठानसहितको पूजा गरी मूर्तिहरू चितवन पठाइएको हो । 

प्रधानमन्त्रीनिवासमा रथयात्रालाई बिदाइ गर्दा नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ, संस्कृति तथा पर्यटनमन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलगायतको उपस्थिति थियो । राम, लक्ष्मण, सीता र हनुमानका प्रतिमा अलगअलग रथमा राखेर चितवन पठाइएको छ ।

प्रधानमन्त्रीनिवासबाट सो रथयात्रा राष्ट्रपति कार्यालय पुगेको थियो । राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक भव्य समारोहबीच प्रतिमासहितको रथयात्रालाई बिदाइ गरेकी छिन् । मूर्तिहरू लिएर गएको रथ आज चितवनको देवघाट रहनेछ । भोलि बिहान माडीको अयोध्यापुरी लगिनेछ । अयोध्यापुरीमा निर्माण गरिएको मन्दिरमा प्राणप्रतिष्ठा गरेर मूर्तिहरू राख्ने कार्यक्रम रहेको छ ।