१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ७ मंगलबार ०९:२१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

साताको दोस्रो दिन पनि नेप्से करेक्सनमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ७ मंगलबार ०९:२१:००

कारोबारको दोस्रो दिन पनि सेयर बजारमा करेक्सन हुन पुगेको छ । आइतबार ३५ अंकको करेक्सनपछि सोमबार नेप्से परिसूचक ३७ दशमलव ५८ अंकले करेक्सन भएर २ हजार ६ सय ६१ बिन्दुमा पुगेको छ । लगानीकर्ता तथा विश्लेषक विष्णु बस्याल अहिलेको बजार करेक्सन हुनु सामान्य भएको बताउँछन् । निरन्तर बढेको बजारमा करेक्सन हुनुलाई कुनै नौलो मान्न नहुने उनको दाबी छ । उनी भन्छन्, ‘अहिले करेक्सनसँगै लकडाउन हुने त्रासले पनि लगानीकर्ता आत्तिएजस्तो देखिन्छ, यसको प्रभाव हो ।’

दुई कम्पनीमा सकारात्मक सर्किट
३७ अंकभन्दा बढीले बजार घटेको दिनमा पनि दुई कम्पनीको सकारात्मक सर्किट मूल्यमा कारोबार भएको छ । यस दिन ज्योति लाइफ इन्स्योरेन्स र महिला लघुवित्त वित्तीय संस्थाको सकारात्मक सर्किट मूल्यमा कारोबार भएको हो । ज्योति लाइफ इन्स्योरेन्सको ९ दशमलव ९८ प्रतिशतले बढेर ६ सय ८३ रुपैयाँ पुगेको छ भने महिला लघुवित्त वित्तीय संस्थाको १४ सय ६० रुपैयाँ पुग्दै ९ दशमलव ९४ प्रतिशतले बढेको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको सेयर मूल्य ५ प्रतिशतले बढेको छ ।

यस दिन २ सय १३ कम्पनीको धितोपत्र र ऋणपत्र कारोबारमा आउँदा १ करोड ४२ लाख रुपैयाँ कित्ता–इकाइ सेयर ६ अर्ब ७६ करोड ६८ लाख रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, सबैभन्दा धेरै कारोबार हुनेमा नागरिक लगानी कोष रहेको छ । कोषको २८ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो बढी कारोबार जलविद्युत् विकास कम्पनी रहेको छ । यसको २४ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । तेस्रो कारोबार हुनेमा नेपाल इन्फ्राइस्ट्रक्चर बैंक (निफ्रा) रहेको छ । यसको २३ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका १३ समूहमध्ये ११ समूहको सूचक नकारात्मक रहेका छन् भने हाइड्रोपावर र फाइनान्स समूहको सूचक सकारात्मक रहेको छ । सबैभन्दा धेरै घट्नेमा होटेल तथा पर्यटन समूहको सूचक रहेको छ । यस समूहको ६ दशमलव १७ प्रतिशतले घटेको छ । त्यस्तै, दोस्रो धेरै घट्नेमा बैंकिङ तथा निर्जीवन बिमा कम्पनी समूह रहेको छ । 

चन्द्रागिरिका लगानीकर्ता निराश
 चन्द्रागिरि हिल्स कम्पनीका सेयर लगानीकर्ता सोमबार निराश भएका छन् । कम्पनीले  चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै १८ करोड ११ लाख रुपैयाँ घाटामा रहेको सार्वजनिक भएपछि यस दिन यस कम्पनीको ९ दशमलव ८० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य २ हजार ३ सय २९ रुपैयाँबाट घटेर २ हजार १ सय ७३ रुपैयाँमा आइपुगेको छ ।