मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ४ शनिबार १७:१७:००
Read Time : < 1 मिनेट
समाचार

बाराका प्रजिअ भट्टराई चढेको गाडी दुर्घटना रहस्यमय बन्दै, परिवारद्वारा छानबिनको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ४ शनिबार १७:१७:००

बाराका प्रमुख जिल्ला अधिकारी र सशष्त्र प्रहरी उपरिक्षकको सवारी दुर्घटना रहस्यमय भएको भन्दै परिवारजनले छानबिनको माग गरेका छन् । 

प्रजिअ गणेशका भाई नरेश भट्टराईले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त घटना नियोजित भएको आशंका गर्ने ठाउँ प्रशस्त देखिएकाले छानबिनको माग गर्नु परेको बताएका हुन् । गत १२ माघमा बाराको निजगढमा आयोजित कार्यक्रममा सहभागी भएर कलैया जाँदै गर्दा पूर्व पश्चिम राजमार्गको पसाहा पूल नजिक प्रजिअ भट्टराई र सशष्त्र प्रहरी उपरीक्षक बलराम पोखरेल चढेको जीप दुर्घटना भएको थियो । 

सवारी चालक जगतनारायण राउत कुर्मीले नियोजित रुपमा सो दुर्घटना गराई हत्या गराएको भन्दै पोखरेल र भट्टराईको परिवारजनले किटानी जाहेरी दिदै छानबिनको माग गरेका छन् । ‘घटनाको प्रकृति हेर्दा नियोजित रुपमा घटाइएको देखिन्छ,’ पत्रकार सम्मेलनमा भाइ नरेशले भने, ‘त्यसमाथि एउटा सामान्य चालकलाई जोगाउन बहालवाला सचिवदेखी पूर्वसचिवसम्मका, नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरु लागे पछि हामी शंका गर्न बाध्य भएका हो ।’ 

‘चालक राउतले तिव्र गतिमा (प्रति घन्टा सय किमि भन्दा माथि) को गतिमा सवारी चलाउनु र रोकिराखेको ट्रयाक्टरको ट्रेलरमा नियोजित रुपमा ठोकाएको आशंका छ,’ प्रेस बिज्ञप्तिमा भनिएको छ, ‘घटना घटे लगत्तै चालक कुर्मीले प्रहरीलगायत सवन्धित निकायलाई कुनै जानकारी नदिएकाले पनि थप शंका उत्पन्न भएको छ, जबकी चालक कुर्मी दुर्घटनामा सामान्य घाइते भएका थिए ।’ 

घटनाको तीन सातासम्म पनि सामान्य केरकार बाहेक प्रहरीले अन्य अनुसन्धान नगरेको उनले बताए । उक्त घटनामा परी प्रहरी उपरिक्षक पोखरेलको घटनास्थलमा नै मृत्यु भएको थियो भने प्रजिअ भट्टराई हाल शिक्षण अस्पताल, महाराजगञ्जमा कोमामा उपचारत छन् ।