१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ६ सोमबार १३:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ६ सोमबार १३:४९:००

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टी कार्यालय कोटेश्वरमा सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । 

सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गरेपछि विकसित राजनीतिक घटनाक्रमबारे अन्य दलहरूसँग छलफल गर्न बैठक स्थगित गरिएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । अन्य दलहरूसँगको छलफलको आधारमा बैठक तय हुने उनले बताए । 

सरकारलाई दिएको समर्थन फिर्ताबारे सोमबारको बैठकमा छलफल हुने बताइएको थियो ।