समाचार
पाल्पा कारागारमा कैदीबन्दीद्वारा आत्महत्या
Read Time : < 1 मिनेट
२०७८ बैशाख ६ सोमबार १२:०२:००
पाल्पा कारागारमा एक कैदीबन्दीले आत्महत्या गरेका छन् । कारागारको शौचालयमा झुन्डिएर स्याङ्जाका किसान गुरुङले आत्महत्या गरेका हुन् । भिरकोट नगरपालिका– ७, स्याङ्जाका ३० वर्षीय गुरुङले शौचालयको भेन्टिलेटरमा झुन्डिएर आत्महत्या गरेको पाल्पा कारागारकी प्रमुख भक्तिसरा रानाले बताइन् ।
गुरुङ चोरी मुद्दामा कारागारको सजाय भोग्दै आएका थिए । ०७६ साल जेठमा स्याङ्जा कारागारमा परेका गुरुङलाई ०७६ सालको माघमा पाल्पा कारागारमा ल्याइएको बताइएको छ ।
पाँच वर्षका लागि कारागारको सजाय काट्दै आएका गुरुङको शव पोस्टमार्टम गरी परिवारलाई हस्तान्तरण गर्ने तयारीमा रहेको पाल्पा कारागारले जनाएको छ ।