१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ६ सोमबार ०७:०१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

३५ अंकले घट्यो नेप्से, कारोबारमा वृद्धि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ६ सोमबार ०७:०१:००

आइतबार सबै समूहको सूचक घटेको छ । कारोबारमा आएका १२ समूहको सूचक नकारात्मक हुँदा नेप्से परिसूचक ३५ दशमलव ८९ प्रतिशतले घटेर २ हजार ६ सय ९९ दशमलव ५१ प्रतिशत बिन्दुमा पुगेको हो । त्यस्तै, ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स ६ दशमलव २९ प्रतिशतले घटेर ४ सय ८६ बिन्दुमा पुगेको छ । यस दिन म्युचुअल फन्ड उपसमूहको सूचक मात्र सकारात्मक रह्यो ।

सबैभन्दा धेरै घट्ने ट्रेडिङ समूहको सूचक रहेको छ । यस समूहको ३ दशमलव २७ प्रतिशत घटेको छ । त्यस्तै, दोस्रो समूहको सूचकमा घट्नेमा होटेल तथा पर्यटन समूह रहेको छ । यस समूहको सूचक २ दशमलव ३२ प्रतिशतले घटेको हो । अघिल्लो हप्तादेखि लगातार उच्च बिन्दुमा पुगेको नेप्से साताको पहिलो दिन आइतबार करेक्सन भएको छ । नेप्से परिसूचक घटेको भए पनि कारोबार रकम भने वृद्धि भएको छ ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय ७ कम्पनीको १ करोड ९५ लाख कित्ता–इकाइ सेयर किनबेच हुँदा ८ अर्ब ८० करोड १८ लाख रुपैयाँको कारोबार भएको छ । यसअघि उच्च बिन्दुमा नेप्से पुग्दा पनि कारोबार रकममा वृद्धि हुन सकेको थिएन । सबैभन्दा धेरै कारोबार हुनेमा एभरेष्ट बैंक रहेको छ । यस बैंकको ८७ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको ५५ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ । तेस्रो धेरै कारोबार हुनेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) रहेको छ । यसको २७ करोड ९८ लाख रुपैयाँको कारोबार भयो । 

यस दिन सबैभन्दा धेरै सेयर मूल्य बढ्नेमा महिला लघुवित्त वित्तीय संस्था रहेको छ । यसको ९ दशमलव ९३ प्रतिशत मूल्य वृद्धिसँगै सकारात्मक सर्किट लागेको छ । ज्योति लाइफ इन्स्योरेन्सको ९ दशमलव ९१ प्रतिशत, दिव्यश्वरी हाइड्रोपावर कम्पनीको ९ दशमलव ४५ प्रतिशत र नेपाल हाइड्रोपावर डेप्लोपर्सको ९ दशमलव ०३ प्रतिशतले मूल्य बढेको छ । 
धेरै गुमाउनेमा गुडविल फाइनान्सका लगानीकर्ता रहेका छन् । यसको सेयर ५ दशमलव ०९ प्रतिशतले घटेको छ । कर्नाली डेभलपमेन्ट बैंकको ४ दशमलव ६३ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ४ दशमलव ४५ प्रतिशत घटेको छ ।