मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ४ शनिबार १६:११:००
Read Time : < 1 मिनेट
सप्तरंग

अन्तर्राष्ट्रिय म्युजिक अवार्ड : उत्कृष्ट गायिका स्मृति गौतम , गायक अमृत खाती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ४ शनिबार १६:११:००

‘अन्तर्राष्ट्रिय म्युजिक अवार्ड–२०१९’ को उत्कृष्ट गायीकाको अवार्ड स्मृति गौतम र उत्कृष्ट गायकको अवार्ड अमृत खातीले प्राप्त गरेका छन् ।

लोकदोहोरी गायिका गौतम तथा गायकले शुक्रबार कतारमा आयोजित कार्यक्रमकामा अवार्ड प्राप्त गरेकी हुन् । टंक केसी र मिरा घिमिरेको संगीत रहेको ‘घर त ठिमि’ बोलको गितबाट उनले अवार्ड पाएकी हुन् । विषम गौतमको शब्द र सिर्जु अधिकारीको संगीत रहेको ‘झुम्के बुलाकी’, ‘ओ के छ त २’ बाट खातीले अवार्ड हात पारेका हुन् । उनको ओके छ त, झुम्के बुलाकी, हाम्रै कालिन्चोक, जुनतारा, बिउ खायो किरैले लगायतका गीत सार्वजनिक छन् । 

गायिका गौतम केहीदिन अघि मात्र नेपालमा ‘नेशनल पावर म्युजिक अवार्ड २०१९’ बाट सम्मानित भएकी थिइन् । ‘पानबुट्टे चोली’ नामक गितबाट उनले सर्वोत्कृष्ट काठे गायिकाको अवार्ड हात पारेकी थिइन् ।

कतारका लागि नेपाली राजदुतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । उक्त अवार्ड कार्यक्रममा रन्जित परियार ,सरस्वती लामा, भुमिका गिरी, शोभा त्रिपाठी, नवीन पौडेल, दावा फिन्जो लामा लगायतका कलाकारले अवार्ड हात पारेका थिए ।