Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ५ आइतबार १६:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभामुख भन्छन्– टक्कर व्यक्तिको होइन, संविधानको रक्षासँग सम्बन्धित छ (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ५ आइतबार १६:५५:००

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभालाई जीवन्त र जनमुखी बनाउने संकल्प र प्रण गरेर काम गरिरहेको बताएका छन् । नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई पद हस्तान्तरण कार्यक्रममा आइतबार सापकोटाले अहिले भित्रभित्रै ठूलो बहस भइरहेको भन्दै जीवन्त र जनमुखी बनाउने संकल्प र प्रण गरेर काम गरिरहेको बताएका हुन् ।

उनले दबाब र प्रभावमा आफूले काम नगरेको र कहिल्यै पनि नगर्ने बताए । उनले टक्कर व्यक्तिको नभई संविधान रक्षासँग सम्बन्धित रहेको पनि बताए । ‘व्यक्ति–व्यक्तिबीचको टक्कर होइन, टक्कर दृष्टिकोणमा आधारित छ । जनताले बनाएको संविधानको रक्षा र विकास गर्ने कुरासँग सम्बन्धित छ,’ उनले भने, ‘मैले धेरै कुरा व्यक्त गरेको छैन । देश र जनतालाई सम्झेर काम गरेको छु । मैले कसैको दबाब र प्रभावमा काम गरेको छैन, गर्दिनँ पनि ।’

महासंघको २६औँ महाधिवेशनबाट विपुल पोख्रेलको नेतृत्वमा नयाँ टिम निर्वाचित भएको थियो । नवनिर्वाचित कार्यसमितिले आइतबार पदभार ग्रहण गरेको छ ।