मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
२०७८ बैशाख ५ आइतबार १६:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस बैठक फेरि स्थगित, नेताहरू समूहगत छलफलमा व्यस्त

Read Time : < 1 मिनेट
२०७८ बैशाख ५ आइतबार १६:४०:००

प्रमुख प्रतिपक्षी दल कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ । आइतबारका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको हो । यसअघि ३० चैतका लागि बोलाइएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधनका कारण रोकिएको थियो । 

बैठकका लागि नेताहरू केन्द्रीय कार्यालय सानेपा पुगेका थिए । तर, शीर्ष नेताहरू समूहगत छलफलमा व्यस्त बनेपछि तयारी नपुगेको कारण देखाउँदै बैठक स्थगित गरिएको छ । अर्को बैठक सोमबार दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

बैठकमा क्रियाशील सदस्यतामाथिको विवाद समाधान, १४औँ महाधिवेशनको कार्यतालिका र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको थियो । 

क्रियाशील सदस्यताको विवाद, कर्णाली प्रदेश सरकारलाई दिएको विश्वासको मतपछि उत्पन्न परिस्थिति र आगामी रणनीतिलगायतका विषयमा शीर्ष नेताहरू समूहगत गृहकार्यमा जुटेका छन् ।

शीर्ष तहमा समझदारी बनेपछि बैठक बस्ने नेताहरूले बताएका छन् ।