मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख २६ आइतबार
  • Sunday, 09 May, 2021
२०७८ बैशाख ५ आइतबार १४:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओली सरकार अब धेरै दिन टिक्दैन : डा. संग्रौला

Read Time : < 1 मिनेट
२०७८ बैशाख ५ आइतबार १४:०३:००

कांग्रेस नेतृ डा. डिला संग्रौलाले प्रधानमन्त्री केपी ओलीको सरकार धेरै दिन नटिक्ने दाबी गरेकी छिन् । नेपाल प्रेस युनियन बाग्लुङले आइतबार बाग्लुङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा संग्रौलाले सरकारले सत्ता टिकाउन पैसाको खोलो बगाएको दाबी गर्दै अब धेरै दिन टिक्न नसक्ने जिकिर गरिन् । 

अब प्रमुख प्रतिपक्ष दल कांग्रेसको नेतृत्वमा सरकार गठन हुने उनको दाबी छ । ‘अधिनायकवादविरुद्ध प्रदेशबाट सन्देश दिने काम सुरु भएको छ, हेर्दै जानुहोस्, अब अन्य प्रदेशमा पनि नयाँ सरकार आउँ छ,’ संग्रौलाले भनिन्, ‘अभिव्यक्ति स्वतन्त्रतामाथि हस्ताक्षेप गर्ने, संविधानमाथि प्रहार गर्ने सरकार अब धेरै दिन टिक्दैन । केपी ओलीलाई हटाउने खेल कर्णाली र गण्डकी प्रदेशबाट सुरुवात भयो ।’

उनले ओली नेतृत्वको सरकार राज्यको ढुकुटी सक्ने काममा तल्लीन रहेको आरोप पनि लगाइन् । ‘सरकारले नचाहिएका आयोग तथा निकायको गठन गरेर पैसाको खोलो बगाएको छ,’ उनले भनिन्, ‘सरकार आफ्ना कार्यकर्ता भर्ती गर्न तल्लीन छ, त्यसका लागि नचाहिएका आयोग पनि गठन गरेको छ । अधिनायकवाद र प्रतिगमनको बाटो हिँडेर सरकारले देशको ढुकुटी रित्ताउँदै छ ।’ 

उनले ओलीले जनताको आँखामा छारो हाल्न खोक्रो राष्ट्रवादको नारा दिएको पनि आरोप लगाइन् ।  संग्रौलाले कोरोना महामारीजस्तो संवेदनशील समयमा सरकार भ्रष्टाचार बढाउने र सत्ता टिकाउने खेलमा लागेको जिकिर गरिन् । ‘सरकार आफूलाई बचाउन तल्लीन छ, कोरोना महामारीमा परेका जनता जोगाउने कुनै काम गरेको छैन,’ उनले भनिन्, ‘जनताले सरकारबाट पनि असुरक्षित महसुस गरेका छन् । यस्तो अवस्थामा सरकारलाई टिकाउनु पनि जरुरी छैन ।’