मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ५ आइतबार १३:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गृहमन्त्री थापाको सांसद पद खारेज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ५ आइतबार १३:३८:००

गृहमन्त्री रामबहादुर थापाको सांसद पद खारेज भएको छ । माओवादी केन्द्रबाट २०७४ को राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट निर्वाचित भएका थापालाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले पदमुक्त गरिएको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए । 

राष्ट्रिय सभामा माओवादी केन्द्रका सचेतक दीनानाथ शर्माले थापालाई राष्ट्रिय सभा सदस्यबाट मुक्त गर्न गत २७ चैतमा लिखितपत्र पेस गरेका थिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार थापाको सदस्य पद रिक्त भएको संसद् सचिवालयले जनाएको छ ।

यसैबीच, सांसद पद खारेज भएपछि गृहमन्त्रीबाट पनि स्वतः पदमुक्त भएका थापालाई प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नियुक्त गरेकी छिन् । सांसद पदमा नरहे पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक प्रावधान छ ।