मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/सिन्ह्वा नयाँदिल्ली
२०७८ बैशाख ४ शनिबार ०९:५८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

भारतमा एकै दिनमा कोभिड संक्रमितको संख्या दुई लाख सत्र हजार    

दिल्लीमा शुक्रवार रातिबाट एक साताको लागि कर्फ्यु

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा नयाँदिल्ली
२०७८ बैशाख ४ शनिबार ०९:५८:००

भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएपछि कूल संक्रमितको संख्या एक करोड ४२ लाख ९१ हजार भन्दा बढी पुगेको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।  

भारतमा कोरोना भाइरस संक्रमणको माहामारी शुृरु भएयता एक दिनमा २ लाख १७ हजार भन्दा बढी संक्रमित फेला परेको यो पहिलो पटक भएको समाचारमा जनाइएको छ । यसअघि बुधबार एक दिनमा २ लाख भन्दा बढी व्यक्ति संक्रमित भएका थिए ।     

कोरोना संक्रमणबाट बिहीबार एकैदिनमा एक हजार १८५ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुनेको संख्या १ लाख ७४ हजार नाघेको छ ।

पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी संक्रमित हुँदै आएका थिए भने, बुधबार र बिहीबार २ लाख भन्दा बढी संक्रमित भएका छन् । यो तथ्याङ्कले भारतमा नयाँ संक्रमितहरुको संख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ ।    

भारतमा हाल १५ लाख ६९ हजार ७४३ जना सक्रिय संक्रमित रहेका छन् । भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म ११ करोड ७२ लाख २३ हजार भन्दा बढी व्यक्तिहरु खोप लगाइसकेका छन् ।    

विगत केही दिनहरुमा कोभिड १९ को संक्रमण उच्च रहेको छ । संक्रमण बढ्दै गएपछि विद्यालयहरुले परीक्षा रद्द र स्थगित गर्दै आएका छन् ।   राजधानी दिल्लीमा शुक्रवार रातिबाट एक साताको लागि कर्फ्यु शुरु भएको छ ।