मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ बैशाख ३ शुक्रबार १३:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चट्याङ लागेर एकको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ बैशाख ३ शुक्रबार १३:२३:००

हावा, हुरी र वर्षासँगै परेको चट्याङले लागेर जिल्लाको ताराखोलामा एकजनाको मृत्यु भएको छ । बिहीबार साँझ ताराखोला गाउँपालिका– २ सिलेका ४५ वर्षीय खिमलाल कँडेलको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी डिएसपी इकबाल हवारीले जानकारी दिए ।

आफ्नै गोठमा श्रीमतीले भैँसी दुहुँदै गर्दा लाइट बालिरहेका कँडेललाई चट्याङ लागेर एक्कासि ढलेको पारिवारिक स्राेतले जनाएको छ । कँडेललाई तत्कालै उपचारका लागि धौलागिरि अस्पताल ल्याएपछि अस्पतालले मृत घोषणा गरेको हो ।