मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ बैशाख ३ शुक्रबार ०८:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

स्वर्गद्वारी जिप दुर्घटना : शोकमा जिल्ला प्रशासन कार्यालय

Read Time : < 1 मिनेट
२०७८ बैशाख ३ शुक्रबार ०८:४२:००

प्युठानको स्वर्गद्वारी नगरपालिका–२ रुमालेमा बुधबार जिप दुर्घटनामा मृत्यु भएका सबैको अन्त्येष्टि गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले पाँचैजनाको शव परिवारलाई बुझाएपछि बिहीबार अन्त्येष्टि गरिएको हो । 

प्रशासकीय अधिकृत श्याम न्यौपानेको शव बुधबार नै प्युठानमा पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ । प्रशासन कार्यालयका कम्प्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार ईश्वरी भण्डारी, यमलाल पन्थी र सवारीचालक मुसिकोट नगरपालिका–३ का केशव कार्कीको शव बिहीबार परिवारलाई बुझाएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । जिप दुर्घटनामा घाइते हुने १२ जनाको काठमाडौंसहित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालयको महत्वपूर्ण फाँटमा काम गर्ने कर्मचारीको मृत्युका कारण बिहीबार प्रशासन कार्यालयको सबै सेवा बन्द भएको छ । ३ देखि ६ वैशाखसम्म शान्ति सुरक्षा र मुद्दाबाहेकका अन्य सेवा बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए ।