१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ३ शुक्रबार ०७:४१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वर्षको पहिलो कारोबारमा २० अंकले बढ्यो नेप्से

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ३ शुक्रबार ०७:४१:००

नयाँ वर्षको पहिलो नेप्से कारोबार सकारात्मक रहेको छ । नेप्से परिसूचक २० दशमलव ६१ अंकले बढेर २ हजार ७ सय ३५ दशमलव ४० अंक पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटेभि इन्डेक्स ६ दशमलव १७ अंकले बढेर ४ सय ९२ बिन्दुमा पुगेको छ ।

नेप्से बढेसँगै कारोबार रकममा सुधार भएको छ । बिहीबार धितोपत्र तथा ऋणपत्र गरी २ सय १८ कम्पनीको १ करोड ९० लाख कित्ता सेयर–इकाइ ८ अर्ब ६३ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ । यसअघिको हप्तामा करिब ७ अर्बको हाराहारीमा कारोबार हुँदै आएको थियो ।

सबैभन्दा धरै कारोबार हुनेमा एनआइसी एसिया लघुवित्त वित्तीय संस्था रहेको छ । यस संस्थाको ४९ करोड ८९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । दोस्रो कारोबार हुनेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) रहेको छ । यस बैंकका ४९ करोड ८७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । त्यस्तै, तेस्रो कारोबार हुने कम्पनीमा एनआइसी एसिया बैंक रहेको छ । बैंकको ३२ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा ११ समूहको सूचक सकारात्मक रहेको छ भने २ वटा समूहको सूचक नकारात्मक रहेको छ । यस दिन सबैभन्दा धेरै बढ्ने समूहको सूचकमा डेभलपमेन्ट बैंक समूह रहेको छ । यस समूहको सूचक ३ दशमलव १२ प्रतिशतले बढेको छ । दोस्रो समूहको सूचक बढ्नेमा फाइनान्स समूह रहेको छ । यस समूहको सूचक २ दशमलव २२ प्रतिशतले बढेको छ ।

त्यस्तै, सबैभन्दा धेरै घट्ने समूहमा ट्रेडिङ समूह रहेको छ । यस समूहको सूचक २ दशमलव ५३ प्रतिशतले घटेको छ । त्यस्तै, घट्ने समूहमा हाइड्रोपावर समूह रहेको छ । यस समूहको सूचक शून्य दशमलव ३४ प्रतिशतले बढेको छ ।

८ कम्पनीको सकारात्मक सर्किट मूल्यमा कारोबार भएको छ । यस दिन बेस्ट फाइनान्स कम्पनी, एनआइसी एसिया लघुवित्त, महिला लघुवित, ज्योति लाइफ इन्स्योरेन्स, ग्रिन डेभलपमेन्ट बैंक, छ्याङ्दी हाइड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक, सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । बिहीबार सबैभन्दा धेरै घट्नेमा मल्टिप्र्रपोज फाइनान्स, नेसनल माइक्रो फाइनान्स, स्वाभिमान लघुवित्तलगायत छन् ।
 
रुरुको आइपिओ शुक्रबार बाँडफाँड
रुरु जलविद्युत्को आइपिओ शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीको आइपिओ शुक्रबार बिहान बाँडफाँड हुने भएको हो । कम्पनीमा परेको १६ लाख ६९ हजार १९ आवेदनबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ता सेयर आवदेन परेको हो । परियोजनाले चैत २० गतेदेखि प्रतिसेयर १ सय २० रुपैयाँमा ४ लाख ७ हजार ७ सय ६ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।