१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
ब्रियन अडेबा
२०७८ बैशाख २ बिहीबार ०९:१७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

दक्षिण सुडानको स्वास्थ्य प्रणाली सिद्धिएको छ

Read Time : > 2 मिनेट
ब्रियन अडेबा
२०७८ बैशाख २ बिहीबार ०९:१७:००

कमजोर स्वास्थ्य प्रणालीका लागि मौलाउँदो भ्रष्टाचार र अव्यवस्थाको योगदान छ किनभने सरकारको जवाफदेहिता कसैप्रति छैन

गत अप्रिलमा दक्षिण सुडानमा महामारीको प्रकोप उचाइमा पुगेको समयमा मेरा सुडानी मित्र एवं आफन्तजनले त्यहाँका उच्चपदस्थ सरकारी अधिकारीले भाइरस रिमुभल कार्ड भिरेका तस्बिर फेसबुक स्ट्याटसमा भरमार पोस्ट गरेको देखेँ । यी कार्डमा कोभिड–१९ रोक्ने केमिकल रहेको भनिएको थियो । यस्तो कार्ड भिर्नेमा राष्ट्रपति सल्भा किर, उपराष्ट्रपति रेइक माचार, रक्षामन्त्री एन्जेलिना टिनेसमेतका उच्च अधिकार थिए । 

छट्टु उद्यमीहरूले महामारीमा पनि राजधानी जुबामा यी कार्ड २०–३० डलरमा बिक्री भए । यस्तै कार्ड जापान, लेवनन र फिलिपिन्समा पनि बिक्री भएको देखियो । उत्पादकका अनुसार यी कार्डमा राखिएको क्लोरिन अक्साइडले ब्याक्टेरिया र भाइरस मार्छ । सामान्यतया यो रसायन पानी निर्मलीकरण र मेडिकल उपकरण स्टेरिलाइज गर्न प्रयोग गरिन्छ । दक्षिणी सुडानका अधिकांश उच्च अधिकारीले भाइरस रिमुभल कार्ड झुन्ड्याएको विषयलाई सामाजिक सञ्जालमा नेटिजन्स (इन्टरनेट नागरिक)हरूले खुबै उडाए । अधिकांशले राष्ट्रपति कार्यालयजस्तो संस्था पनि कसरी यस्तो बहुलठ्ठी उपायको पछि लाग्यो भनेर आश्चर्य जनाए र आलोचना गरे । एउटा अन्तर्वार्तामा राष्ट्रपतिका प्रवक्ता एट्नी वेकले ती कार्ड जापानी प्रधानमन्त्री सिन्जो आवेले खासगरी राष्ट्रपतिका लागि पठाएको भनिदिए । यो कार्डले तीन मिटरसम्म निर्मलीकरण गर्न सहयोग गर्ने भनिएको थियो । तर, जुवास्थित जापानी राजदूतावासले ती कार्ड प्रधानमन्त्री आवेले पठाएको भन्ने दाबीको तत्कालै खण्डन गरेपछि र सामाजिक सञ्जालमा एट्नीको खुबै आलोचना बढेपछि दक्षिण सुडानी अधिकारीले यो कार्ड पहिरिएर हिँड्न छाडे । 

महामारी सुरु हुँदा दक्षिण सुडानको सबभन्दा ठूलो जुवा शिक्षण अस्पतालमा १० वटा भेन्टिलेटरसमेत थिएन, दुःखद भनौँ यो बेहाललाई सम्बोधन गर्ने कुनै इमानदार प्रयास नै गरिएन 

विगतमा यहाँ स्वास्थ्य हेरचाह प्रणालीलाई लिएर पत्रकार, अधिकारकर्मी एवं भ्रष्टाचारविरोधी समूहको खासै ध्यानाकृष्ट हुने गरेको थिएन । तेल र सरकारी ठेक्काजस्ता दुई क्षेत्रमा व्याप्त अपारदर्शिता र भ्रष्टाचारमाथि सबैको ध्यान हुँदा पनि भ्रष्टाचारमा कुनै सुधार भने छैन । तर पनि सुडानी नागरिक, अन्तर्राष्ट्रिय समुदाय र दातृ निकाय सबैले यहाँको स्वास्थ्य उपचार क्षेत्रमा व्याप्त भ्रष्टाचार र हेलचेक्र्याइँमा ध्यान केन्द्रित गर्नुपर्छ । यहाँको स्वास्थ्य उपचार प्रणालीमा जवाफदेहिताको गम्भीर समस्या छ, जसलाई सम्बोधन नगरी हुन्न । बढ्दो संक्रमणबीच तथ्यांकको अभावका कारण यहाँको वास्तविक स्थिति आँकडाले देखाएभन्दा भयावह हुन सक्ने सम्भावना छ । सामाजिक सञ्जालका लागि कोभिड रोक्ने कार्डले मजाकको खुराक मात्रै दिएको छैन, यसले तीनवटा वास्तविक समस्याको उजागर पनि गरेको छ । पहिलो, मुलुकको स्वास्थ्य सेवा अधिकांश नागरिकका लागि ज्यादै महँगो छ । केही विशेषाधिकारीले मात्रै सरकारी अस्पतालको उपचार सेवाको मूल्य तिर्न सक्छन् । यहाँका सरकारी अस्पतालमा मलेरियाजस्तो सामान्य रोगको उपचार गर्नसमेत ८–१० डलर खर्च लाग्छ । जबकि एउटा सरकारी कर्मचारीको औषत मासिक तलब २४ डलर छ ।

कमजोर स्वास्थ्य प्रणालीका लागि मौलाउँदो भ्रष्टाचार र अव्यवस्थाको योगदान छ । सरकारले स्वास्थ्य बजेट कसरी र कहाँ खर्चिन्छ त्यसको जवाफदेहिता कसैमा छैन । संविधानमा व्यवस्था गरिएको वार्षिक लेखा परीक्षणको प्रतिवेदन सन् २०१२ देखि सार्वजनिक गरिएको छैन । सरकारी विभागका डरलाग्दा भ्रष्टाचार उजागर गर्ने दस्ताबेजहरू सामाजिक सञ्चारमाध्यमबाट लिक नभएको महिनै छैन । सरकारी अस्पतालमा सुचारु अवस्थाका आइसियू भेट्टाउन मुस्किल छ । मुलुकको सुरक्षा खर्चमा ४० प्रतिशत र स्वास्थ्यमा केवल ३–४ प्रतिशत बजेट छुट्टिन्छ ।

दोस्रो, अपर्याप्त जनशक्ति तथा पूर्वाधार । अस्पताल र जनशक्ति दुवैको अत्यन्त अभाव छ । एक चिकित्सक, एक नर्स र एक सुँडेनी हुनुपर्ने स्वास्थ्य केन्द्रमा पदपूर्ति गर्न सरकार असफल छ । मेडिकल सहायकसमेत ज्यादै अपर्याप्त संख्यामा छन् । यहीबीच, युद्धका कारण मेडिकल सहायक उत्पादन गर्ने कम्तीमा आठ शिक्षण संस्था बन्द भए । मुलुकका तीनवटा विश्वविद्यालयले आवश्यक चिकित्सक उत्पादन गर्न सकिरहेका छैनन्, सके नै भने पनि तिनलाई काम दिन सरकारसँग पैसाको अभाव छ । 

महामारी सुरु हुँदा दक्षिण सुडानको सबभन्दा ठूलो अस्पताल जुवा शिक्षण अस्पतालमा समेत १० वटा भेन्टिलेटर पनि थिएनन् । दुःखद त के भने स्वास्थ्य प्रणालीको यो बेहाललाई सम्बोधन गर्ने कुनै इमानदार प्रयास नै गरिएको छैन । मुलुकमै गुणस्तरीय स्वास्थ्य सेवाको विकास गर्नुसट्टा उच्चपदस्थहरू उपचारका लागि विदेश उड्छन् । यसैले, दक्षिण सुडानका स्वास्थ्यकर्मीहरूको समूहले यो महिनाको सुरुमै मुलुकको असफल स्वास्थ्य प्रणालीका कारण आमनागरिक अनावश्यक रूपमा मरिरहेको भन्दै वक्तव्य जारी गरेका छन् । रगतको अभाव, रक्तदान प्रणालीको अभाव, अपर्याप्त एम्बुलेन्स सेवालगायत लम्बेतान समस्या देखाएका छन् । तेस्रो, कोभिड निरोध कार्ड प्रकरणले उजागर नगरेसम्म यहाँको स्वास्थ्य प्रणालीको अपारदर्शिता उजागर भएको थिएन । यो कार्ड सबैभन्दा पहिले राष्ट्रपति कार्यालयका सदस्यले हासिल गरेका थिए । 

(अडेबा दक्षिण सुडानका पत्रकार हुन्)
अलजजिराबाट