मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ जेठ ७ शुक्रबार
  • Friday, 21 May, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख १ बुधबार १५:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार छ : मन्त्री गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख १ बुधबार १५:०७:००

सूचना प्रविधि तथा सञ्चारमन्त्री पार्वत गुरुङले सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहेको बताएका छन् । 

समाज कल्याण परिषद् राष्ट्रिय ज्येष्ठ नागरिक कोषले बुधबार ललितपुरको मंगलबार बजारमा आयोजना गरेको नयाँ वर्ष ०७८ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रे विमोचन कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले मुलुकको राजनीतिक यात्रा अन्योलतर्फ धकेलिएकाले मुलुक दिशाविहीन हुने हो कि भन्ने चिन्ता रहेको धारणा राखे ।

वर्तमान सरकारले जनताको हितमा काम गरिरहेको भन्दै उनले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा समृद्ध नेपाल सुखी नेपालीको अभियान सञ्चालन गरिएको उल्लेख गरे । 

केन्द्रदेखि प्रदेश तथा स्थानीय तहसम्म विकास निर्माणका काम तीव्र गतिमा भइरहेको स्पष्ट पार्दै मन्त्री गुरुङले सरकार सही दिशा लिन प्रयासरत रहेको उल्लेख गरे । सरकारले सधैँ ज्येष्ठ नागरिक हितमा काम गर्दै आएको स्पष्ट पार्दै मन्त्री गुरुङले आगामी आर्थिक वर्षको बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको विशेष ख्याल गरिने बताए । ज्येष्ठ नागरिकको सम्मानमा सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो । 

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ज्येष्ठ नागरिकलाई मृत्युपश्चात् नभई जीवित छँदै सम्झिनुपर्नेमा जोड दिए ।  महानगरपालिकाले ज्येष्ठ नागरिकको हकमा विभिन्न कार्य गर्दै आएको उनले बताए । रासस