१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १ बुधबार १०:३२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वर्षको अन्तिम दिन २ हजार ७ सय कट्यो नेप्से

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १ बुधबार १०:३२:००

यस वर्षको अन्तिम दिन सेयर बजार २३ दशमलव २३ अंकले बढेर २ हजार ७ सय १४ दशमलव ७९ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स ५ दशमलव ९९ अंकले बढेर ४ सय ८६ बिन्दुमा पुगेको छ । 

मंगलबार ६ समूहको सूचक सकारात्मक रहेको छ भने ७ कम्पनीको सूचक नकारात्मक रहेको छ । सबैभन्दा धेरै बढ्ने समूहको सूचकमा डेभलपमेन्ट बैंक रहेको छ । त्यस्तै, दोस्रो समूहको सूचक बढ्नेमा ट्रेडिङ समूह रहेको छ । यस समूहको सूचक १ दशमलव ७९ प्रतिशतले बढेको छ । त्यस्तै, सबैभन्दा धेरै घट्ने समूहको सूचकमा होटेल तथा पर्यटन समूह रहेको छ । यस समूहको सूचक १ दशमलव ६१ प्रतिशतले घटेको छ ।

धितोपत्र तथा ऋणपत्र गरी २ सय ९ कम्पनीको १ करोड ४६ लाख कित्ता–इकाइ सेयर किनबेच हुँदा ७ अर्ब १४ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार सबैभन्दा धेरै कारोबार हुनेमा नबिल बैंक रहेको छ । बैंकको २८ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार हुँदा अन्तिम सेयर मूल्य १३ सय ८० रुपैयाँ रहेको छ ।

त्यस्तै, दोस्रो कारोबार हुने कम्पनीमा नेपाल बैंक रहेको छ । बैंकको २८ करोड १६ लाख रुपैयाँको सेयर कारोबार हुँदा अन्तिम सेयर मूल्य ४ सय ५९ रुपैयाँ रहेको छ । तेस्रो कारोबार हुने कम्पनीमा एनआइसी एसिया बैंक रहेको छ । बैंकको २४ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार हुँदा अन्तिम सेयर मूल्य ९ सय ७० रुपैयाँ रहेको छ । 

एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको सेयर ९ दशमलव ९७ प्रतिशतले बढेर १६ सय ९९ रुपैयाँ पुगेको छ । माउन्टेन इनर्जी नेपाल ९ दशमलव ८९ प्रतिशतले बढेर ८ सय ३३ रुपैयाँ पुगेको छ । त्यस्तै, ज्योति लाइफ इन्स्योरेन्सको ९ दशमलव ८३ प्रतिशतले बढेर ५ सय १४ रुपैयाँ पुगेको छ । सिन्धु विकास बैंकको ९ दशमलव ८२ प्रतिशतले बढेर २ सय ४६ रुपैयाँ पुगेको छ । त्यस्तै, छ्याङ्दी  हाइड्रोपावर ९ दशमलव ८० प्रतिशतले बढेर २ सय ६९ रुपैयाँ पुगेको छ । 

मंगलबार सबैभन्दा धेरै घट्नेमा लक्ष्मी लघुवित्त वित्तीय संस्था रहेको छ । यस संस्थाको सेयर मूल्य ४ दशमलव २७ प्रतिशतले घटेर २ हजार ८६ रुपैयाँ कायम भएको छ । त्यस्तै, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ४ दशमलव २७ प्रतिशतले घटेर २५ सय ८ रुपैयाँ कायम भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको ३ दशमलव ५७ प्रतिशतले घटेर ५ सय १५ रुपैयाँ कायम भएको छ ।