मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ बैशाख १ बुधबार ०७:४३:००
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

ओलाङचुङगोलावासी विस्थापित हुने अवस्थामा

Read Time : < 1 मिनेट
२०७८ बैशाख १ बुधबार ०७:४३:००

कञ्चनजंघाको फेदीमा रहेको हिमाली पर्यटकीय गाउँ ओलाङचुङगोलाका बासिन्दा विस्थापित हुने अवस्थामा पुगेका छन् । कोरोनाका कारण नेपाल र चीन जोड्ने नाका ओलाङचुङगोलाको तिप्ताला भन्ज्याङ बन्द भएसँगै स्थानीयको आम्दानीको स्रोत सुकेको छ । जसका कारण स्थानीय विस्थापित हुने अवस्थामा पुगेका छन् । 

स्थानीयस्तरमा उत्पादन भएका गलैँचा, घिउ, छुर्पीलगायतका सामग्रीको नेपाली बजारमा कुनै भाउ छैन । व्यापार पनि हुँदैन । ती सामानले तिब्बतको रिउमा धेरै मूल्य पाउने गरेका थिए । करिब डेढ वर्षदेखि सीमानाका बन्द भएकाले व्यापार हुन नसकेको स्थानीय छेतेन शेर्पाले बताए । 

कोरोनाका कारण डेढ वर्षदेखि जडीबुटी संकलन हुन सकेको छैन । यसले पनि आर्थिक रूपमा भार परेको छ । कञ्चनजंघा संरक्षण क्षेत्रभित्र विभिन्न जडीबुटी संकलन गरिँदै आएको छ । नियमअनुसार कुड्की, सत्वा, सेतोचिनी, चिराइतोलगायतका जडीबुटीरू संकलन हुन नसकेको कञ्चजंघा संरक्षण क्षेत्र विकास समितिका अध्यक्ष खगेन्द्र फेम्बो लिम्बूले बताए । पर्यटकीय गाउँ ओलाङचुङ्गोलाका बासिन्दा चार सय वर्षदेखि बसोवास गर्दै आएको इतिहास छ । जहाँ ६४ घरपरिवार छन् ।