मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका महोत्तरी
२०७८ बैशाख १ बुधबार ०७:३२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

महोत्तरीमा आगोले जलेर तीनवटा पसल नष्ट, ५० लाखबराबरको क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महोत्तरी
२०७८ बैशाख १ बुधबार ०७:३२:००

बल्वा नगरपालिका–६ बजारमा मंगलबार आगलागी हुँदा तीनवटा पसल जलेर नष्ट भएको छ । बल्वा नगरपालिका–५ का रामशंकर ठाकुरको फर्निचरमा विद्युत् सर्ट भई भएको आगो लागेको हो । आगलागीबाट २५ लाखभन्दा बढीको अनुमानित क्षति भएको प्रहरीले जनाएको छ ।

ठाकुरकै पसलसँग जोडिएको रोशनकुमार सिंहको हार्डवेयर पसलमा आगो सल्कँदा पसलमा रहेको सिमेन्ट, केमिकल, पाइपलगायतका सामान नष्ट भएको छ । जसबाट २० लाखभन्दा बढीको क्षति भएको छ ।

यस्तै, सुनीलकुमार साहको होटेलमा रहेको फ्रिज, टेबुल, कुर्सीसमेत पूर्ण रूपमा जलेको छ । आगलागीबाट अनुमानित सात लाखको क्षति भएको प्रहरीले जनाएको छ ।