मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ चैत ३१ मंगलबार १०:२७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

प्रदेश १ मा कोरोना सक्रिय संक्रमित एक सय ४० पुगे 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ चैत ३१ मंगलबार १०:२७:००

प्रदेश १ मा सोमबारसम्म सक्रिय कोरोना संक्रमितको संख्या एक सय  ४० पुगेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार तीन सय ५० जनाको पिसिआर परीक्षण गर्दा ११ महिला र १४ पुरुषमा कोरोना संक्रमण फेला परेसँगै सक्रिय संक्रमितको संख्या एक सय ४० पुगेको हो ।    

मोरङमा ११, सुनसरीमा ६, झापा र संखुवासभामा तीन–तीन र प्रदेश १ बाहिरका दुईजनामा कोरोना पजिटिभ देखिएको मन्त्रालयले जनाएको छ । विराटनगरमा ११, सुनसरीको इनरुवा र धरानमा दुई–दुई, दुहबी र इटहरीमा एक–एक, झापाको दमकमा दुई र भद्रपुरमा एक, संखुवासभाको खाँदबारीमा दुई  र धर्मदेवीमा एक र प्रदेश १ बाहिरका दुईजनाको रिपोर्ट पजिटिभ आएको छ । प्रदेश १ मा हालसम्म संक्रमित हुनेको संख्या ३० हजार चार सय ७० पुगेको छ । जसमा सक्रिय संक्रमितको संख्या एक सय ४० छ । 

कोरोना संक्रमितको संख्या पुनः बढ्न थालेपछि प्रदेश १ सरकारले विराटनगरस्थित कोभिड अस्पताललाई तयारी अवस्थामा राखेको छ ।